२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा १४२ केन्द्र संवेदनशील, हेलिकोप्टर ‘स्ट्यान्डबाई’

२०७४, ३० बैशाख शनिबार ०१:४१

वैशाख ३०, काठमाडौं । काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ । संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ। काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन् जसमध्ये १ सय ७८ लाई सामान्यमा राखिएको छ ।

काठमाडौंमा एउटा पनि अति संवेदनशील मतदान केन्द्र छैन । संवेदनशील मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक (सइ) तथा सामान्य मतदान केन्द्रमा सहायक प्रहरी निरीक्षक (असइ) को नेतृत्वमा प्रहरी खटाइएको छ । सइ र असइको कमान्डमा हरेक मतदान केन्द्रमा म्यादीसहित न्यूनतम १२ प्रहरी खटिने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहले बताए ।

मतदान केन्द्रमा बढीमा २४ जनासम्म सुरक्षाकर्मी खटिनेछन् । धेरै मतदाता भएको मतदान केन्द्रलाई संवेदनशीलमा राखिएको डिएसपी शाहले बताए। मतदान केन्द्रको भित्री तहमा नेपाल प्रहरी मात्र रहन्छन् । बीचमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिनेछन् ।

उपत्यकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीको गतिविधि प्रमुख सुरक्षा चुनौती भएको प्रहरीको निष्कर्ष छ । प्रहरीले नेकपाका केही कार्यकर्तालाई पक्राउ गरिसकेको छ । नाका तथा गेस्टहाउसहरूमा चेकिङ पनि बढाएको छ । चुनावमा सुरक्षा चुनौती दिन सक्ने गुन्डा नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेर छुटेकालाई पनि प्रहरीले तारेखमा राखेको छ ।

हेलिकोप्टर ‘स्ट्यान्डबाई’

चुनावी सुरक्षाका लागि गृह मन्त्रालयले २४ सै घन्टा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । काठमाडौं र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका सहायक प्रवक्ता जनार्दन गौतमले बताए । दुर्गम क्षेत्रमा कुनै घटना भएमा तत्काल उद्धार तथा थप सुरक्षाकर्मी ओसार्न हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी