वैशाख ३१, काठमाडौं । संसारभर करिब एक सय मुलुकमा शृङ्खलाबद्ध साइबर हमला भइरहँदा नेपाल पनि अछूतो रहेन ।  शनिबार विश्वभर साइबर हमला भइरहँदा नेपालको विदेशस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ३१, काठमाडौं । संसारभर करिब एक सय मुलुकमा शृङ्खलाबद्ध साइबर हमला भइरहँदा नेपाल पनि अछूतो रहेन ।  शनिबार विश्वभर साइबर हमला भइरहँदा नेपालको विदेशस"/>

१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका ९९ देशमा खतरनाक साइबर हमला

३१ बैशाख २०७४, आईतवार ०१:१३


वैशाख ३१, काठमाडौं । संसारभर करिब एक सय मुलुकमा शृङ्खलाबद्ध साइबर हमला भइरहँदा नेपाल पनि अछूतो रहेन ।  शनिबार विश्वभर साइबर हमला भइरहँदा नेपालको विदेशस्थित केही कूटनीतिक नियोगमा साइबर आक्रमण भएको आशङका गरिएको छ ।  

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दिएको जानकारीअनुसार औपचारिक रूपमा साइबर हमलाको पुष्टि भइनसकेको भए पनि नेपालको विदेशस्थित केही कूटनीतिक नियोगमा साइबर हमला भएको भन्ने आशङ्का रहेको छ। 

“औपचारिक रूपमा अहिलेसम्म विदेशस्थित केही कूटनीतिक नियोगमा समस्या आएकाले साइबर हमला भएको हो कि भन्ने आशङ्का बढेको छ, ती कूटनीतिक नियोगहरूमा प्रयोग भएको लेखासम्बन्धी सफ्टवेयरमा समस्या देखिएको हो”, प्रवक्ता पौडेलले भने।

महालेखा नियन्त्रकको कार्यालयले सरकारी कार्यालय तथा विदेशस्थित नियोगहरूमा लेखा पद्धतिलाई एकरूरुपता बनाउने उद्देश्यले बनाएको लेखासम्बन्धी सफ्टवेयरमा समस्या आएको हो।  विश्वभर साइबर हमला भएकै दिन विदेशस्थित नियोगहरूमा प्रयोग भएको उक्त सफ्टवेयरमा समेत समस्या आएकाले साइबर हमला भएको अनुमान गरिएको छ।  हालसम्म सो विषयमा सम्बन्धित निकायले औपचारिक रूपमा साइबर हमला भएको नबताए पनि हमला भएको आशङ्का भने गरेको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा निकायले आतङ्ककारीविरुद्ध ह्याकिङ गर्न भनेर विकास गरेको कम्प्युटर प्रोग्रामकै प्रयोग गरेर पछिल्लो साइबर हमला भएको हो।  “दर्जनौँ मुलुकका कयौँ कम्पनी तथा सङ्घसंस्थाका कम्प्युटरहरूले भाइरसका कारण काम गर्न छाडेका छन्।  ह्याकरहरूले कम्प्युटरलाई पुनः काम गर्ने बनाउन तीन सय डलर मागेका छन्”, समाचारमा बीबीसीले उल्लेख गरेको छ। 

यसरी साइबर आक्रमणमा पर्ने शीर्ष मुलुकहरूमा संयुक्त अधिराज्य, अमेरिका, चीन, रुस, स्पेन, इटली, ताइवान लगायतका ९९ वटा देश छन्।  ‘रयानसमवेयर’ नामक भाइरसद्वारा विभिन्न देशका कम्प्युटर ह्याक गरिएको हो।

यसरी साइबर आक्रमणमा परेका लाखौँ कम्प्युटरले काम गर्नै छाडेका छन्।  कम्प्युटर ह्याकरले साइबर आक्रमणमा परेका कम्प्युटरलाई पुनः काम गर्ने बनाउन तीन सय अमेरिकी डलर माग गरेको खबर छ। 

साइबर सुरक्षाका अन्तर्राष्ट्रिय विज्ञका अनुसार माइक्रोसफ्ट सिस्टममा रहेको कमजोरीको फाइदा उठाएर ह्याकरले यस्तो आक्रमण गरेका हुन्।  माइक्रोसफ्ट सिस्टममा रहेको  कमजोरी अमेरिकी राष्ट्रिय सुरक्षा निकायले यसअघि नै पत्ता लगाएर आतङ्ककारीविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको बताइएको छ । 

बीबीसीका अनुसार ‘रयानसमवेयर’ पीडितको उपकरणमा थाहा नपाई ‘इन्स्टल’ हुन्छ र विवरणहरू सङ्कलन गर्छ अनि निश्चित रकम नदिइन्जेलसम्म विवरणहरू चुहाइदिने धम्कीसहितको सूचना उपकरणमा आउँछ।  ब्रिटेनस्थित अस्पतालहरू नराम्ररी प्रभावित भएका छन् । 

स्पेनी टेलिकम कम्पनी टेलिफोनिका र अमेरिकास्थित ढुवानी कम्पनी फेडेक्स पनि प्रभावित छन् ।  साथै रुसमा पनि त्यहाँको आन्तरिक मामिला मन्त्रालयले कम्प्युटर भाइरसको पछिल्लो समस्यासँग जुध्न कदमहरू चाल्न लागेको जनाएको छ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरीको मृ-त्यु पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु सूर्यदर्शन सहकारी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो आमाको शोकमा विक्षिप्त बनेकी छोरीको पनि मृत्यु नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल परीक्षा बिग्रिएपछि एकै साथ तीन छात्राले गरे विष सेवन: एकको मृत्यु, २ जना घाइते आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोइराला मोरङमा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु मन्त्रिपरिषद्को बैठक बस्दै प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक सहकारी ठगी प्रकरणमा पक्राउ परेकाको बयान अन्तिम चरणमा, आजैबाट थुनछेक बहस २ लिटर पेट्रोलले केपी ओलीको आलोचना ! एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा परे नेपालले तेस्रो विश्व कप खेल्ने