जेठ १४, काठमाडौं । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन् । चुनावका बेला यो सम्बन्धको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, काठमाडौं । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन् । चुनावका बेला यो सम्बन्धको "/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी !

१४ जेष्ठ २०७४, आईतवार ०३:००

जेठ १४, काठमाडौं । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन् । चुनावका बेला यो सम्बन्धको चर्चा किन पनि भएन भने मञ्जुले उपमेयरको टिकट राष्ट्रपतिकी मितिनी भएकैले पाएकी होइनन् ।

एमालेले पार्टीभित्र गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस भएकी थिइन् । राष्ट्रपतिसँग मञ्जुले उनकै शब्दमा उम्मेदवार बन्नुअघि र विजय भइसकेपछि पनि टेलिफोन वार्तासम्म पनि गरेकी छैनन् ।

आफूहरुबीच पारिवारिक सम्बन्ध बने पनि राजनीतिक रुपमा दुवै आआफ्नै संघर्षबाट अघि बढेको मञ्जु बताउँछिन् । कसरी गाँसिएको थियो त उनीहरुको साइनो ?

कुरा ०५९ सालको हो । एमाले पोखरा नगर कमिटिको अधिवेशनमा विद्या अतिथि बनेर आएकी थिइन् । पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवै जनाबीच सैनी साइनो जोडिदिने सोचे । नगर कमिटि इञ्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर साइनो जोडियो ।

‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको , मेरो ज्वाइँको पनि दुर्घटनामा,’ मानबहादुरले भने, ‘दुईटै नरम बोल्ने, अरुलाई नघोच्नेखालको हुँदा जोडी मिल्ने देखेँ ।’ मितिनी छोरी राष्ट्रपति र आफ्नी छोरी उपमेयर हुँदा निकै खुसी मिलेको उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता