जेठ १४, काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशि"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुलाई ८ घन्टा बढी काममा लगाउन नपाइने, छाडा छाडे, पुच्छर बटारो कारबाही !

१४ जेष्ठ २०७४, आईतवार ०३:०५

जेठ १४, काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो ।

त्यति मात्रै होइन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ ।

अधिकतम ८ घन्टा काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ । पशुपंक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो ।

निर्देशिकाले बूढो भएको पशुलाई छाडा छोड्न नपाइने व्यवस्था गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी उचित व्यवस्थापन, विकास, गुणस्तर कायम गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

पशुले काम गरिरहेका बेला मानिसले अक्सर पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ । तर, निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गर्न नपाइने व्यवस्था गरेको छ । – नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता