दाङ । प्रारम्भमा चार जना पक्राऊ परेपछि तुलसीपुर उपमहानगरपालिका–५, का ५३ वर्षीय व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्याकाण्डबारे खुलासा भइसकेको थियो। Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दाङ । प्रारम्भमा चार जना पक्राऊ परेपछि तुलसीपुर उपमहानगरपालिका–५, का ५३ वर्षीय व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्याकाण्डबारे खुलासा भइसकेको थियो।

२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राजकुमार श्रेष्ठको हत्यारोपी पूजाका बाबुछोरी पक्रन यस्तो ‘साइलेन्ट अपरेशन’

३१ असार २०७४, शनिबार ०८:०२

दाङ । प्रारम्भमा चार जना पक्राऊ परेपछि तुलसीपुर उपमहानगरपालिका–५, का ५३ वर्षीय व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्याकाण्डबारे खुलासा भइसकेको थियो।

जेठ २६ गते साँझ तुलसीपुरबाटै अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनपछि सल्यानका छत्रेश्वरी गाउँपालिका–४, झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा फेला परेसँगै प्रहरीले उनको अपहरण र हत्यामा संलग्नहरुको पहिचान गरिसकेको पनि थियो।

अपहरणसँगै हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तुलसीपुर–१२, का कमल भनिने अबिरल महतराको बयानका आधारमा तुलसीपुर उपमहानगरपालिका–६, स्याउली बजारकी २० वर्षीया युवती पूजा घर्तीमगरको हात रहेको खुलासा भयो।

व्यापारी श्रेष्ठको अपहरणका लागि मूख्य भूमिका खेलेकी पूजा, उनका बाबु ४० वर्षीय टिकाराम घर्ती मगर र सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारीलाई प्रहरीेले ‘मोष्ट वान्टेड’ सूचीमा राख्यो। त्योसँगै व्यापारी श्रेष्ठको अपहरणको योजना नाताले पूजाका मामा पर्ने मानबहादुर भण्डारी र बाबु टिकाराम घर्तीमगरले बुनेको पनि पत्ता लगायो।

व्यापारी श्रेष्ठसँग पूजाको हिमचिम रहेको थाहा पाएपछि मामा मानबहादुर र बाबु टिकारामले नै उनलाई प्रयोग गरेर अपहरणको योजना बनाएका थिए। उनीहरुकै योजना अनुसार पूजाले व्यापारी श्रेष्ठलाई सल्यान घुम्न जाउँ भनेर जेठ २६ गते साँझ लगेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएपछि उनीहरुको खोजीमा प्रहरी लाग्यो। केन्द्रीय अनुसन्धान व्युरो, अपराध अनुसन्धान महाशाखा काठमाडौंसँगै सल्यान र दाङका प्रहरी मिलेर जसरी पनि पूजाका बाबुछोरीलाई फन्दामा पार्ने योजना बनायो। तर, सजिलो थिएन।

व्यापारी श्रेष्ठको अपहरण र हत्यापछि फरार रहेका उनीहरु कहाँ छन् भनेर पत्ता लगाउन पूजाकी आमा तारा घर्ती मगरको फोन टेपिङ गरिरहेको थियो प्रहरीले। पूजाले उनकी आमा तारालाई दुई–तीन पटक गरेको फोनका आधारमा प्रहरीले पत्ता लगायो, बाबु टिकाराम र मामा मानबहादुरसँगै पूजा भारतमा छिन् भनेर। पूजाले आमा तारालाई भारतीय नम्बरबाट गरेको फोनका आधारमा प्रहरीले उनीहरु भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनालीमा रहेको पत्ता लगायो।

व्यापारी श्रेष्ठको अपहरणमा मुख्य भूमिका खेलेकी पूजासँगै उनका बाबु टिकाराम र मामा मानबहादुर भारतको मनालीमा रहेको थाहा पाएपछि प्रहरीले भारतीय प्रहरीसँग उनीहरुलाई पक्राउ गर्न सहयोग माग्यो।

भारतीय प्रहरीले सहयोग गर्ने जनाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्नका लागि प्रहरी निरीक्षक प्रमोद खत्रीको नेतृत्वमा तीन सदस्यीय टोलीलाई भारत पठायो। भारतको मनालीमा रहेको पत्ता लाग्ना साथ दाङबाट हिडेको टोली तीन दिन लगाएर असार २३ गते त्यहाँ पुग्यो।

नेपालबाट गएको तीन सदस्यीय टोलीसँगै भारतीय प्रहरीले ६ जना सुरक्षाकर्मी खटाइदिएको थियो। नेपालबाट गएका तीन प्रहरी र भारतका चार प्रहरी ‘सिभिल ड्रेस’मा थिए भने दुई जना भारतीय प्रहरीमात्रै ड्रेसमा खटिएका थिए। पश्चिम नेपालका विभिन्न स्थानबाट श्रम गर्न भारतको हिमाञ्चल जाने चलन उहिल्यैदेखिको हो। पूजाका मावलीतिरका हजुरबुबा पनि २८ वर्षदेखि भारतको मनालीमै बस्दै आएका रहेछन्।

भारत पुगेपछि पूजा, उनका बाबु टिकाराम र मानबहादुर सिधै मनाली पुगेको प्रहरीले जनाएको छ। प्रहरी उच्चस्रोतका अनुसार पैसा सकिएपछि मावली हजुरबुवाकोमा गएको पूजाले बयानका क्रममा स्वीकार गरिसकेकी छिन्। उनीहरुलाई पक्राउ गर्न सादा पोसाकमा नेपालबाट र भारतबाट खटिएको प्रहरीको टोली पुग्दा पूजाका बाबु टिकाराम र मानबहादुर बाटो खनिरहेका थिए भने पूजा पनि भर्खर बाटो खन्ने काम गरेर मावली हजुरबुबाको डेरामा पुगेकी थिइन्।

बाटो खनिरहेका टिकाराम र मानबहादुरलाई प्रहरीले त्यहीबाट पक्राउ गर्यो भने पूजालाई मावली हजुरबुबाको डेराबाट। प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि टिकाराम र मानबहादुर पटक-पटक भाग्ने कोशिश गरेका थिए। तर, उनीहरुको त्यो कोशिश भने सफल हुन नदिइएको प्रहरीका एक अधिकृतले नेपालखबरसँग भने। उनका अनुसार व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरेसँगै प्रहरीबाट बच्न मनालीस्थित आफन्तको शरणमा पुगेका हुन्।

पक्राउ गर्न प्रहरी सफल भएपछि उनीहरुलाई सिधै बाँकेको रुपैडिया नाकामार्फत नेपालगञ्ज हुँदै असार २६ गते राति तुलसीपुर ल्याइएको थियो। उनीहरुलाई तुलसीपुर ल्याइएपछि मात्रै पक्राउ परेका मुख्य योजनाकार भनिएका तुलसीपुर–८ का २८ वर्षीय भुपेन्द्र भण्डारी र तुलसीपुर–११ कटाहाका ३० वर्षीय खुमबहादुर केसीसँगै ६ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। उनीहरु पक्राउ परेपछि घोराही हापुरका रणबहादुर घर्ती मगरको पनि हत्या भएको खुलासा भएको थियो।

पूजा आफ्ना मामा र बाबुसहित भारतको मनालीमा छिन् भन्ने थाहा पाएपछि प्रहरीले आफ्नो टोली भारत पठाउने र उनीहरुलाई पक्रने योजना बनाएको थियो। ‘यस्ता अपरेशनहरुलाई कुनै न कुनै नाम दिइन्छ तर यो अपरेशनलाई पनि कुनै औपचारिक नाम दिइएन’ अनुसन्धानमा संलग्न प्रहरीका एक उच्च अधिकृतले भने, ‘तर हामीले यसलाई साइलेन्ट अपरेशन भनेर बुझेका छौं।’

प्रहरीले पत्रकार सम्मेलन गरी पूजासँगै उनका बाबु टिकाराम र मानबहादुरलाई बाँकेको डुडुवा गाउँपालिका–६ स्थित नेपाल भारतको सिमानामा पर्ने हिरमोनिया भन्ने ठाउँबाट पक्राउ गरेको थियो। तर, प्रहरीको उच्च स्रोतले भने पूजासहित तीनै जनालाई भारतको कुल्लुको मनालीबाट पक्राउ गरिएको जनाएको छ। -जागरण अनलाइनबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने