साउन ७, काठमाडौं | माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं | माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जना"/>
२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी बैठकमा नारायणकाजिको आक्रोश : ‘जनयुद्ध’ नलडेको प्रस्टीकरण कहिलेसम्म दिनुपर्ने ?

७ श्रावण २०७४, शनिबार ०२:३२

साउन ७, काठमाडौं | माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् । 

पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक-पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गरे ।

माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्‍यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता-कार्यकर्ताको व्यवहार देखाउन नहुने बताए ।

शान्तिप्रक्रियामा आएपछि एकताका नाममा बन्दुक नबोक्नेलाई पार्टीमा सहभागी गराउँदा लथालिंग हुन पुगेको टिप्पणी केही नेताले गरेपछि श्रेष्ठको आक्रोश सार्वजनिक भएको हो ।

‘पार्टीभित्र दुईथरी नेता-कार्यकर्ता छौं, एउटा ‘जनयुद्व’ थरी, अर्का जनआन्दोलन थरी । म दोस्रो थरी परें’, श्रेष्ठको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिए, ‘जनयुद्ध लडेर आउनेलाई सम्मान छ तर म अर्का थरीले कहिलेसम्म आफू नथरी भएको भनी प्रस्टीकरण दिइरहनुपर्ने हो ?’

बदलिएको राजनीतिक परिवेशअनुसार पार्टी निर्माणका लागि व्यापक मात्रामा नयाँ पुस्तालाई पार्टीमा भित्र्याउनुपर्ने र परिचालन गर्नुपर्नेमा श्रेष्ठको जोड थियो।

‘हाम्रो पार्टीमा सधैं ‘जनयुद्ध’मा सहभागी भएको भनेर थर्काउने गरिन्छ । माक्र्स, एंगेल्सले बन्दुक बोकेका थिए ? उनीहरू क्रान्तिकारी होइनन् ? बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ? ’ श्रेष्ठको प्रश्न थियो।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको अन्धप्रशंसा गर्ने प्रवृत्ति रहेको भन्दै नेतृत्वको अचाक्ली प्रशंसासँग आफू असहमत रहेको पनि बताए।

‘अहिले अध्यक्षको प्रशंसा अचाक्ली छ। नेतृत्वलाई नै लाज लाग्ने तहको प्रशंसा ठीक होइन’, श्रेष्ठले भने, ‘अध्यक्ष सही, अरू बेठीक भन्ने तहमा बहस हुन्छ, यो ठीक होइन, कमजोरी अध्यक्षकै तहबाट भएको छ। नत्र त्यत्रो पार्टी अहिले किन यत्रो हुन आइपुग्यो ?’

उनले अध्यक्ष दाहालको आफूले अहिल्यै विकल्प खोज्नुपर्ने, आजै पद छाड्नुपर्ने आफ्नो भनाइ नभएको भन्दै दाहालकै नेतृत्वमा पार्टी पुनर्गठनको प्रक्रिया सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। ‘नेपाली क्रान्तिलाई, परिवर्तनलाई यहाँसम्म ल्याउने मुख्य नेता अध्यक्ष नै हुनुहुन्छ। उहाँको विश्वमै ख्याति छ। हामीमा एकता पनि असाधारण खालकै छ’, श्रेष्ठले लिडरसिपको विषयमा चर्चा गर्दै भने, ‘अध्यक्षको पनि रूपान्तरणको आवश्यकता छ, पार्टी पुनर्गठनको आवश्यकता छ, त्यो अभियानको नेतृत्व अध्यक्षले नै गर्नुपर्छ।’

श्रेष्ठले पार्टी निर्वाचनमा पराजित हुनुमा संगठनमा मौलाउँदो बुर्जुवाकरण मुख्य समस्या भएको पनि बताए। ‘पार्टी क्रान्तिकारी भइरहने तर संगठन बुर्जुवाकरण भएर जाँदा निर्वाचनमा पराजित हुनुपरेको छ’, श्रेष्ठले भने, ‘अब पार्टीलाई रूपान्तरण र शुद्धीकरण गरेर जानुको विकल्प छैन।’- अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप