९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जग्गाको विषयमा झडप हुँदा नौ महिने शिशुको मृत्यु

८ श्रावण २०७४, आईतवार ०२:३४


साउन ८, काठमाडौँ । जग्गाको विषय लिएर एकै परिवारमा भएको दुई पक्षीय झडपमा परी नौ महिने शिशुको शुक्रबार राति मृत्यु भएको छ । 

घटनाको अनुसन्धानको लागि प्रहरीले तीन पुरुष र चार महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ । सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी नौ महिने छोरी (ईन्द्र मुखिया बिनकी नातिनी) किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना आरोपमा पक्राउ पर्नेहरु मृतककी हजुरआमा र हजुरबुवा पर्छन् ।

किरणको कसरी मृत्यु हुन पुग्यो भन्ने विषयमा अनुसन्धानको लागि सातै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । उता विपक्षीको बाँसको भाटा प्रहारबाट शिशुको मृत्यु भएको पीडित पक्षले बतायो ।

चलितर मुखियाको जेठी र कान्छी श्रीमती पट्टीको छोराहरुबीच जग्गाको विवाद हुँदा दुई पक्षीय झडप भएको थियो । झडपको क्रममा दीपा मुखिया पक्षले इन्द्र मुखियाको परिवारमाथि आक्रमण गर्दा घटना भएको प्रहरी स्रोतले जनायो ।

तीन सन्तानकी आमा सुदामा झडपको त्रासले आफ्नी नौ महिने छोरी किरणलाई काखमा लिएर घरमा लुकीछिपी बसिरहँदा झडपको क्रममा बाँसको भठा लिएर घरमा प्रवेश गरेका पाँच/छ जनाको समुहले सुदामालाई कुटपिट गरेको थियो ।

त्यसैक्रममा विपक्षीले सुदामालाई भाटाले कुट्दा शिशुलाई समेत टाउकोमा चोट लाग्न पुगी शिशुको मृत्यु भएको स्रोतले बतायो । मृतक सुदामाकी कान्छी सन्तान थिइन् । विपक्षीको आक्रमणबाट शिशुकी ३० वर्षीया आमा सुदामा, हजुरबुवा इन्द्र मुखिया, काका लालुलगायत घाइते छन् ।

उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनायो । उनकी बाबु रोजगारीको सिलसिलामा विदेश छन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता