साउन ९, काठमाडौं । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ । 

दलमा एकताको पक्ष र विपक्षमा फरक फरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ । 

दलमा एकताको पक्ष र विपक्षमा फरक फरक"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरमसँग एकताको कुराले नयाँ शक्तिभित्र लफडा

९ श्रावण २०७४, सोमबार ०१:१८

साउन ९, काठमाडौं । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ । 

दलमा एकताको पक्ष र विपक्षमा फरक फरक विचार देखिएपछि एकता प्रक्रिया जटिल बन्दै जान थालेको छ । नयाँ शक्तिका केशव दाहाल, डम्बर खतिवडा लगायतका नेताहरु फोरमसँग एकता गर्ने पक्षमा छैनन् । उनीहरुले बरु साझा पार्टी र विवेकशील नेपाली दलसँग एकता गर्न सकिने धारणा राखेका छन् । उपेन्द्र यादवको फोरम पुरानै दल भएको भन्द्यै उनीहरु त्यस्तो दलमा नजाने मनस्थितिमा छन् ।

एनजिओवालाको अर्कै मत

लामो समय आइएनजिओ–एनजिओमा बिताएका हेी नेताहरु पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्ने पक्षमा छैनन् । डा. प्रदीपमान तुलाचन, लिली थापा, दुर्गा सोबलगायतका नेताहरु एनजिओ पृष्ठभूमिबाट आएका छन् । उनीहरु पार्टी एकताको विषयमा विभाजित छन् । बाबुराम भट्टराईलाई नेता मानेर आएको, तर उनको नेतृत्वमा एकता नहुँदा एकताको सान्दर्भिकता के हो ? भन्ने उनीहरुको प्रश्न छ ।

पूर्व माओवादी नेताहरु एकताको विपक्षमा 

माओवादी पृष्ठभूमिबाट आएका नेताहरु उपेन्द्र यादवलाई नेता मानेर एकतामा जाने पक्षमा देखिउका छैनन् । यो ठूलो समूह माओवादीमा हुँदाका क्षेत्रीय ब्युरो सदस्य रहेका उपेन्द्य्र यादवलाई नेता नमान्ने पक्षमा छन् । देवेन्द्र पौडेल, कुमार पौडेल, गंगा श्रेष्ठ, खिमलाल देवकोटा त्यतिबेला उपेन्द्रभन्दा सिनियर थिए । त्यही कारण उनीहरु पूरानै पार्टीमा फर्किनसमेत तयार देखिन थालेका छन् ।

बाबुरामले धोका दिएको आरोप 

बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति बनाउने सपनामा आएको, तर अहिले एकताको नाममा पुरानै पार्टीमा जाने हो भने उनले गम्भीर धोका दिएको हुने मत पनि बलियो छ । खासगरी यो मत राख्नेमा अन्य दलका पृष्ठभूमि रहेका र विदेशमा रहेका शुभेच्छुक बढी छन् । तर, राजनीति नबुझेका व्यक्तिहरुले बाबुरामले धोका दिएको तर्क गर्ने अतिवादी धारणा रहेको नयाँ शक्तिका नेता खिमलाल देवकोटाको टिप्पणी छ ।

बाबुरामको नेतृत्व अनिवार्य 

एकताका क्रममा बाबुराम भट्टराईलाई प्रमुख नेता बनाउनुपर्ने तर्क नयाँ शक्तिका नेताहरुको छ । बाबुरामलाई नेतृत्व नदिने अवस्थामा एकता आवश्यक नभएको उनीहरुको बुझाइ छ । बाबुरामको नेतृत्वमा बाहेक एकता स्वीकार्य नभएको नयाँ शक्तिका नेता गंगा श्रेष्ठले बताए ।  -नयाँ पत्रकिा दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता