साउन ९, काठमाडौं । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ । 

दलमा एकताको पक्ष र विपक्षमा फरक फरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ । 

दलमा एकताको पक्ष र विपक्षमा फरक फरक"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरमसँग एकताको कुराले नयाँ शक्तिभित्र लफडा

२०७४, ९ श्रावण सोमबार ०१:१८

साउन ९, काठमाडौं । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ । 

दलमा एकताको पक्ष र विपक्षमा फरक फरक विचार देखिएपछि एकता प्रक्रिया जटिल बन्दै जान थालेको छ । नयाँ शक्तिका केशव दाहाल, डम्बर खतिवडा लगायतका नेताहरु फोरमसँग एकता गर्ने पक्षमा छैनन् । उनीहरुले बरु साझा पार्टी र विवेकशील नेपाली दलसँग एकता गर्न सकिने धारणा राखेका छन् । उपेन्द्र यादवको फोरम पुरानै दल भएको भन्द्यै उनीहरु त्यस्तो दलमा नजाने मनस्थितिमा छन् ।

एनजिओवालाको अर्कै मत

लामो समय आइएनजिओ–एनजिओमा बिताएका हेी नेताहरु पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्ने पक्षमा छैनन् । डा. प्रदीपमान तुलाचन, लिली थापा, दुर्गा सोबलगायतका नेताहरु एनजिओ पृष्ठभूमिबाट आएका छन् । उनीहरु पार्टी एकताको विषयमा विभाजित छन् । बाबुराम भट्टराईलाई नेता मानेर आएको, तर उनको नेतृत्वमा एकता नहुँदा एकताको सान्दर्भिकता के हो ? भन्ने उनीहरुको प्रश्न छ ।

पूर्व माओवादी नेताहरु एकताको विपक्षमा 

माओवादी पृष्ठभूमिबाट आएका नेताहरु उपेन्द्र यादवलाई नेता मानेर एकतामा जाने पक्षमा देखिउका छैनन् । यो ठूलो समूह माओवादीमा हुँदाका क्षेत्रीय ब्युरो सदस्य रहेका उपेन्द्य्र यादवलाई नेता नमान्ने पक्षमा छन् । देवेन्द्र पौडेल, कुमार पौडेल, गंगा श्रेष्ठ, खिमलाल देवकोटा त्यतिबेला उपेन्द्रभन्दा सिनियर थिए । त्यही कारण उनीहरु पूरानै पार्टीमा फर्किनसमेत तयार देखिन थालेका छन् ।

बाबुरामले धोका दिएको आरोप 

बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति बनाउने सपनामा आएको, तर अहिले एकताको नाममा पुरानै पार्टीमा जाने हो भने उनले गम्भीर धोका दिएको हुने मत पनि बलियो छ । खासगरी यो मत राख्नेमा अन्य दलका पृष्ठभूमि रहेका र विदेशमा रहेका शुभेच्छुक बढी छन् । तर, राजनीति नबुझेका व्यक्तिहरुले बाबुरामले धोका दिएको तर्क गर्ने अतिवादी धारणा रहेको नयाँ शक्तिका नेता खिमलाल देवकोटाको टिप्पणी छ ।

बाबुरामको नेतृत्व अनिवार्य 

एकताका क्रममा बाबुराम भट्टराईलाई प्रमुख नेता बनाउनुपर्ने तर्क नयाँ शक्तिका नेताहरुको छ । बाबुरामलाई नेतृत्व नदिने अवस्थामा एकता आवश्यक नभएको उनीहरुको बुझाइ छ । बाबुरामको नेतृत्वमा बाहेक एकता स्वीकार्य नभएको नयाँ शक्तिका नेता गंगा श्रेष्ठले बताए ।  -नयाँ पत्रकिा दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट