साउन ९, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कार्यकारी अधिकारसहित फस्ट मेन दाबी गरेपछि नयाँ शक्ति र मधेसी जनअधिकार फोरम नेपालबीचको एक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कार्यकारी अधिकारसहित फस्ट मेन दाबी गरेपछि नयाँ शक्ति र मधेसी जनअधिकार फोरम नेपालबीचको एक"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम–नयाँ शक्ति एकता टर्यो, यस्तो छ कारण

२०७४, ९ श्रावण सोमबार ०१:३१


साउन ९, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कार्यकारी अधिकारसहित फस्ट मेन दाबी गरेपछि नयाँ शक्ति र मधेसी जनअधिकार फोरम नेपालबीचको एकता तत्कालका लागि टरेको छ । 

साउन १५ भित्रै एकता गर्नेगरी आइतबार साँझ भट्टराई निवासमा दुई पार्टीका शीर्ष नताहरुबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको नेताहरुले जनाएका छन् । फोरमका नेताहरुले नयाँ शक्तिका संयोजक भट्टराई यसअघि भएका सहमतिबाट पछि हटेको आरोप लगाएका छन् ।

नयाँ शक्तिका नेताहरुले एकतापछि कार्यकारी अधिकारसहित ‘फस्ट मेन’ आफ्नो पक्षले पाउनुपर्ने दाबी कायमै रहेको बताएका छन् ।

आइतबार दिउँसो माओवादी केन्द्रका अध्यष प्रचण्डले पार्टीबाट छुट्टिएर गएका मोहन वैद्य, नेत्रविक्रम चन्द, भट्टराईलगायत नेतालाई पुरानै घरमा र्फन आह्वान गरेपछि भट्टराई फोरमसँगको एकता प्रक्रियाबाट पछि हटेको अनुमान गरिएको छ ।

‘आइतबारबाट परिस्थिति केही बिग्रेको देखिन्छ । माओवादी केन्द्रको निर्णय सार्वजनिक भएपछि यस्तो भएको हुनसक्छ’, फोरम नेपालका एक शीर्ष नेताले भने । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते