२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुलमान फालेलगत्तै बिचौलियाको स्वार्थमा ४८०० मेगावाट विद्युत् किन्न पिपिए गर्ने निर्णय

१४ चैत्र २०८१, बिहीबार ०८:४९

काठमाडौँ । कांग्रेस-एमाले नेतृत्वको सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएलगत्तै प्राधिकरण सञ्चालक समितिको बैठकबाट ऊर्जामन्त्री दीपक खड्काले निजी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय गरेका छन् ।

यस निर्णयलाई आफू निर्देशक हुँदा कुलमानले दुई बर्षदेखि रोक्दै आएका थिए । प्राधिकरणलाई घाटा हुने बुझेर कुलमानले रोकेको यो निर्णय नयाँ कार्यकारी निर्देशक आए लगत्तै पारित गर्नुले बिचौलियाको प्रभावमै कुलमान फालिएको बुझिएको छ । प्राधिकरणले पिपिए गरेर विद्युत् खरिद गर्न नसक्दा आयोजनालाई जरिवाना तिर्नुपर्ने र विद्युत् खपत गर्न नसक्दा जरिवाना मात्रै तिरिराख्नु हुँदा प्राधिकरणलाई ठुलो घाटा हुने ठानेर कुलमानले यो रोक्दै आएका थिए । तर, शाक्यले मंगलबार कार्यकारी निर्देशकको शपथलगत्तै पदभार ग्रहण गरेलगत्तै यो निर्णय गरे ।

यो निर्णय गर्दा मंगलबार रातिनै सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको पहिलो बैठक राखेर पिपिए खुलाउने ठाडो निर्णय गराएका हुन्  । बैठकको माइन्युट भने हुन बाँकी रहेको छ ।

स्रोतका अनुसार बैठकमा यो निर्णय लिनुअघि समय लिएर सरकारसँग समेत छलफल गर्ने कुरा उठेपनि मन्त्री खड्काले मानेनन् । उनले सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको विषयलाई देखाएर सरकारसँग थप स्वीकृति नचाहिने भन्दै पिपिए खुलाउने निर्णय गराएका हुन् । बैठकको माइन्युट भने हुन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु