साउन २१, काठमाडौं । रामेछापको लिखु गाउँपालिका–६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । 

उनलाई शरीर र हात–गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, काठमाडौं । रामेछापको लिखु गाउँपालिका–६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । 

उनलाई शरीर र हात–गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खिम्तीका बाढीपीडितको पिरलो – हामी कहाँ बस्ने ?

२०७४, २१ श्रावण शनिबार ०१:२८


साउन २१, काठमाडौं । रामेछापको लिखु गाउँपालिका–६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । 

उनलाई शरीर र हात–गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा मुस्किलले उनको ज्यान बचेको थियो । 

उक्त घटनाबाट पीडित उनमा शरीर र हात–गोडा काँप्ने समस्या देखिएको हो । बाढीले धार परिवर्तन गरी बस्तीमा पसेपछि उनको साढे दुईतले घर मात्रै बगेन, दुहुनो भैंसीसहित खसी–बाख्रा, कुखुरा र झन्डै ३५ धार्नीको सुँगुर पनि बगाएको थियो । 

गेलुपिटासीका उनी परिवारसहित केही वर्षअघि मात्रै खिम्ती झरेका थिए । उनले दुई वर्षअघि जनहित सहकारीमा लालपुर्जा धितो राखेर कर्जा लिएको दुई लाख ६८ हजार रकमले चार रोपनी दुई आना जग्गा किनेका थिए ।

उनले त्यहीं नै घर पनि ठड्याएका थिए । बाढीले उनको घरजग्गालाई बगरमा परिणत गरिदिएको छ । सहकारीलाई तिर्न ठिक्क पारेर बाकसभित्र राखेको दुई लाख ६८ हजार पनि बाढीले बगायो । 

बाढीले पैसाभन्दा पनि घरजग्गा पूर्णरूपमा स्वामित्वमा ल्याउने उनको सपना बगाएर लग्यो ।

‘एक–दुई मिनेट ढिला गरेको भए हामी पनि बाढीसँगै बग्थ्यौं । 

ज्यान बचेकोमा खुसी लागेको छ । तर, यति खेर हामीसँग आफ्नो शरीरभन्दा केही छैन । न बस्ने ठेगान छ न त खाने कुरा नै’ छिमेकीको कटेरोमा आश्रय लिइरहेका उनले बिलौना गर्दै भने, ‘ऋण गरेर किनेको जग्गा र जोडेको घर बग्यो । त्यही ऋण तिर्न तयार पारेको पैसा पनि बग्यो । अहिले घरबारविहीन छु । शरीर काँप्ने रोग थपिएको छ ।’

अर्का पीडित होमबहादुर खत्री पनि उस्तै पीडामा भेटिए । बाढीको समयमा उनी जिल्लाबाहिर रहे पनि आमालाई बगाएर बेपत्ता बनायो । बोल्न–सुन्न नसक्ने दाजु र भाउजूसहित उनीहरूका दुई छोरी घाइते भए । 

उनीहरूको राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाढीले परिवारलाई छिन्नभिन्न पारिदिएपछि उनी पनि गाउँमै विरक्त अवस्थामा भेटिएका हुन् । ‘आमा बित्नुभयो । बोल्न र सुन्न नसक्ने दाइको सम्पत्ति केही बाँकी छैन । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते