२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले पति र नवजात छोरी एकैदिन गुमाइन्

२०७४, २४ श्रावण मंगलवार ०१:२४

साउन २४, काठमाडौं । नेनियति खेलै निठुरी । रामेछाप दोरम्बा–५ रजमनटारकी २७ वर्षीया रिमिता श्रेष्ठलाई त्यही नियतिले दोहोरो शोकमा पा¥यो । 

साउन पहिलो सातासम्म सुखैसुख भरिएको उनको जीवन अप्रत्याशित बज्रपातले चोइटिएको छ । पतिको आयु बढाउन प्रायः व्रत बस्ने गरेकी रिमिताले ‘साउनमै पति नै गुमाउनुपर्ला’ भनेर कल्पनासम्म नगर्दै दोस्रो सन्तान पनि गुमाउनुप¥यो । घरमा लगेर न्वारानसमेत गर्न नपाउँदै उनले नवजात शिशुलाई अस्पतालमै गुमाइन् ।

एकैदिन दोहोरो शोक भोग्न बाध्य रिमिता अहिले पति र नवजात छोरीको किरिया बसेकी छिन् । लामो समयदेखि कतार एयरवेजमा सुपरभाइजर रहेका २८ वर्षीय पति इन्द्र श्रेष्ठ गत २८ असारमा काठमाडौं उत्रिएका थिए ।

कोटेश्वरमा अस्थायी रूपमा बस्दै आएकी रिमितामा पतिको आगमनपछि खुसीको सीमा थिएन । बाबुको आँखैअघिल्तिर दोस्रो सन्तान जन्मिने सम्झिँदै उनी दंग थिइन् । तर उनको खुसी पति फर्केको तीन साता पनि टिक्न पाएन ।

इन्द्र काठमाडौं आएको आठौं दिन ललितपुर पाटन अस्पतालमा गत ५ साउनमा दोस्रो सन्तानका रूपमा छोरी जन्मिइन् । मुटुको भल्बमा समस्या देखिएपछि नवजात शिशुलाई पाटन अस्पतालको आईसीयूमा राखियो ।

रातभर सुत्केरी पत्नी रिमितालाई कुर्न पाटन अस्पताल बसेका इन्द्र भोलिपल्ट बिहानै मोटरसाइकल चढेर कोटेश्वर डेरा जाँदै थिए । बालकुमारी पुलबाट कोटेश्वर चोक नपुग्दै नयाँ आकाशे पुलमुनि उनी चढेको बा७२प २४७५ नम्बरको मोटरसाइकल एक्कासि पल्टियो । टाउकोमा गम्भीर चोट लागेर इन्द्र घाइते भए । बिहानै तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कोटेश्वर प्रहरीले उनलाई तत्काल उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लग्यो । चिकित्सकले उनको उपचार तत्काल सुरु गरे । टाउकोमा जमेको रगत भोलिपल्ट शल्यक्रिया गरी निकालेपछि इन्द्र होसमा आए । केही दिनपछि उनी खान र बोल्न पनि थाले ।

उता, पाटन अस्पतालमा १२ दिन राखेर उपचार गरेपछि पनि नवजात छोरीको स्वास्थ्यमा सुधार नभएपछि तत्काल शल्यक्रियाका लागि १८ साउनमा गंगागाल हृदय केन्द्रमा लगियो । शल्यक्रियाकै क्रममा जन्मेको १४औं दिनमा १९ साउनमा ती नवजात छोरीको मृत्यु भयो ।

काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया गरी होसमा आएर खानपिन गर्न थालिसकेका इन्द्र अचानक बेहोस भए । उपचार क्रममा उनलाई निमोनिया भएको पत्ता लाग्यो । त्यसको उपचार सुरु नहुँदै १९ साउनमै इन्द्रले पनि यो संसार त्यागे ।रिमितालाई ‘अब १९ साउन कहिल्यै नआओस्’जस्तो भएको छ । सोही दिन उनले पति रछोरी गुमाइन् । मुटुको भल्ब शल्यक्रिया गर्दागर्दै मृत्यु भएकी नवजात छोरीको शनिबार र इन्द्रको पोस्टमार्टमपछि आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने