२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँपालिकामा आफैँ कर्मचारी भर्ना गर्ने चेतावनी

२०७४, ३१ श्रावण मंगलवार ०१:२९

साउन ३१, काठमाडौं । गाउँपालिकाका जनप्रतिनिधिहरूको छाता संगठन गाउँपालिका संघले भदौ महिनाभरि पनि केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपुगे गाउँपालिका आफैँले कर्मचारी भर्ना गर्ने चेतावनी दिएको छ । 

गाउँपालिका संघको तर्फबाट प्रदेश समन्वय कमिटी प्रदेश नं. ३ र ४ का गाउँपालिकाका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेर सरकारलाई त्यस्तो चेतावनीपूर्ण निर्णय सार्वजनिक गरेका हुन् ।

गाउँपालिकामा निकै न्युन संख्यामा कर्मचारी रहँदा काम गर्न नसकेको र भएका कर्मचारीमा समेत विषयगत ज्ञानको अभाव रहेको उनीहरुको गुनासो छ । यस्तै भएका कर्मचारी समेत कार्यकारीबाट विदा स्वीकृत गराएर बाहिर बस्दा समस्या भएको उनीहरुको चिन्ता छ ।

सरकारले स्थानीय तहमा कर्मचारीलाई काजमा खटाउने प्रयास गरेपनि विभिन्न माग राख्दै कर्मचारी स्थानीय तहमा खटिन मानेका छैनन्।

स्थानीय तहमा खटिएका कर्मचारीहरुले समेत केन्द्रमै सरुवा माग्दै निवेदन दिन थालेपछि जनप्रतिनिधीहरुले सरकारले यस्तो चेतावनी दिएको हो । अहिले शिक्षा समूहका कर्मचारीले स्थानीय तहमा जान मानेका छैनन् भने प्रशासन सेवा समूहबाट खटिएका अधिकाशं कर्मचारीले स्थानीय तहमा काम गर्न नसकेको भन्दै स्थानीय विकास मन्त्रालयमा निवेदन दिइरहेको छ । यस्तै करिब २ सय १० स्थानीय तह कार्यकारी विहिन रहेको छ ।

गाउँपालिकामा योग्य र आवश्यक कर्मचारी नहुँदा दैनिक कार्यसंचालन र बार्षिक कार्यक्रम संचालन गर्न अप्ठेरो परिरहेको छ, प्रदेश नं ३ र ४ का गाउँपालिका अध्यक्षहरुले विज्ञप्तीमा भनेका छन्, ‘नेपाल सरकारले भदौभित्र जनशक्ति नपठाए आफ्ना लागि आवश्यक जनशक्ति व्यवस्था गर्नेछौँ ।’

यस्तै उनीहरुले करार वा परामर्श सेवा मार्फत जनशक्ति व्यवस्था गरेरै भएपनि पूँजीगत खर्चमा बृद्धि गर्न सबै जनप्रतिनिधीहरुलाई आह्वान समेत गरेका छन् ।

स्थानीय तहमा खटिन चाहँदैनन् कर्मचारी

सरकारले स्थानीय तहमा कर्मचारीलाई काजमा खटाउने प्रयास गरे पनि विभिन्न माग राख्दै उनीहरू उम्किँदै आएका छन् । स्थानीय तहमा खटिएका कर्मचारीले समेत केन्द्रमै सरुवा माग्न थालेपछि जनप्रतिनिधिहरू आफैँले कर्मचारी नियुक्ति गर्ने चेतावनी दिएका हुन् । 

शिक्षा समूहका कर्मचारीले स्थानीय तहमा जान मानेका छैनन् भने प्रशासन सेवा समूहबाट खटिएका अधिकांश कर्मचारीले काम गर्न नसकेको भन्दै मन्त्रालयमा निवेदन दिएका छन् । करिब २१० स्थानीय तह कार्यकारीविहीन छन् ।

‘गाउँपालिकामा योग्य र आवश्यक कर्मचारी नहुँदा दैनिक कार्यसञ्चालन र वार्षिक कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको छ,’ प्रदेश नं. ३ र ४ का गाउँपालिका अध्यक्षहरूले सोमबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘सरकारले भदौभित्र जनशक्ति नपठाए आफ्ना लागि आवश्यक जनशक्ति आफैँ व्यवस्था गर्नेछौँ ।’ 

यस्तै, उनीहरूले करार वा परामर्श सेवामार्फत जनशक्ति व्यवस्था गरेरै भए पनि पुँजीगत खर्चमा वृद्धि गर्न सबै जनप्रतिनिधिलाई आह्वानसमेत गरेका छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल