भदौ ६, काठमाडौं । व्यवस्थाथिपका संसदमा सोमबार संविधान संशोधनका लागि भएको मतदानमा केही सांसद्हरु अनुपस्थित रहे । प्रमुख दलका सांसद्हरु नै मतदान प्रक्रियामा सहभागी नभएका हुन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, काठमाडौं । व्यवस्थाथिपका संसदमा सोमबार संविधान संशोधनका लागि भएको मतदानमा केही सांसद्हरु अनुपस्थित रहे । प्रमुख दलका सांसद्हरु नै मतदान प्रक्रियामा सहभागी नभएका हुन्"/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी सांसद् जो संशोधन विधेयकमा मतदान गर्न आएनन्

६ भाद्र २०७४, मंगलवार ०१:५५

भदौ ६, काठमाडौं । व्यवस्थाथिपका संसदमा सोमबार संविधान संशोधनका लागि भएको मतदानमा केही सांसद्हरु अनुपस्थित रहे । प्रमुख दलका सांसद्हरु नै मतदान प्रक्रियामा सहभागी नभएका हुन् ।

कांग्रेसबाट सांसद गीता वाग्ले अनुपस्थित रहिन् । उनी विदेशमा रहेकाले अनुपस्थित भएको बताइएको छ । कांग्रेसकै कल्पना सोव र कविताकुमारी सरदार अनुपस्थित रहेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए । ‘गीता वाग्लेका श्रीमान् बिरामी भएर अस्ट्रेलियामा हुनुहुन्छ, आउनुभएन । कविताकुमारी पनि विदेशमै हुनुहुन्छ रे । कल्पना सोव गृहजिल्लातिरै हुनुहुन्छ भन्ने छ । हामी स्पष्टीकरण लिन्छौं,’ श्रेष्ठले भने ।

प्रमुख प्रतिपक्षी दल एमालेका तीन सांसद पनि संसद्मा अनुपस्थित रहे । सांसदहरू राज्यलक्ष्मी गोल्छा, नेजमा आलम र बलबहादुर महत अनुपस्थित रहेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए । अत्यन्त जरुरी काम र बिरामीका कारण तीनजना सांसद अनुपस्थित भएको उनले बताए ।

सत्तारुढ माओवादी केन्द्रका कृष्ण धिताल, रवीन्द्रप्रताप शाह र योगेन्द्र घिसिङ मतदान प्रक्रियामा अनुपस्थित रहे । माओवादी केन्द्रकी सचेतक सीता नेपालीले सांसद धिताल बिरामी भएको र शाह लामो समयदेखि विदेशमा रहेकाले उपस्थित हुन नसकेको बताइन् । ‘योगेन्द्र घिसिङ पनि उपस्थित हुनुभएन । हामी उहाँसँग स्पष्टीकरण लिन्छौं,’ उनले भनिन् ।

संघीय समाजवादी फोरम नेपालका सांसद श्रवणकुमार अग्रवाल पनि अनुपस्थित रहे । उनी बिरामी परेकाले उपस्थित हुन नसकेको संघीय समाजवादीका प्रमुख सचेतक डा. शिवजी यादवले बताए । सीपी मैनाली नेतृत्वको माले र राप्रपा (प्रजातान्त्रिक)का सांसद्हरुले पनि मतदान प्रक्रियामा भाग लिएनन् । – नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति