भदौ ६, काठमाडौं । व्यवस्थाथिपका संसदमा सोमबार संविधान संशोधनका लागि भएको मतदानमा केही सांसद्हरु अनुपस्थित रहे । प्रमुख दलका सांसद्हरु नै मतदान प्रक्रियामा सहभागी नभएका हुन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, काठमाडौं । व्यवस्थाथिपका संसदमा सोमबार संविधान संशोधनका लागि भएको मतदानमा केही सांसद्हरु अनुपस्थित रहे । प्रमुख दलका सांसद्हरु नै मतदान प्रक्रियामा सहभागी नभएका हुन्"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी सांसद् जो संशोधन विधेयकमा मतदान गर्न आएनन्

२०७४, ६ भाद्र मंगलवार ०१:५५

भदौ ६, काठमाडौं । व्यवस्थाथिपका संसदमा सोमबार संविधान संशोधनका लागि भएको मतदानमा केही सांसद्हरु अनुपस्थित रहे । प्रमुख दलका सांसद्हरु नै मतदान प्रक्रियामा सहभागी नभएका हुन् ।

कांग्रेसबाट सांसद गीता वाग्ले अनुपस्थित रहिन् । उनी विदेशमा रहेकाले अनुपस्थित भएको बताइएको छ । कांग्रेसकै कल्पना सोव र कविताकुमारी सरदार अनुपस्थित रहेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए । ‘गीता वाग्लेका श्रीमान् बिरामी भएर अस्ट्रेलियामा हुनुहुन्छ, आउनुभएन । कविताकुमारी पनि विदेशमै हुनुहुन्छ रे । कल्पना सोव गृहजिल्लातिरै हुनुहुन्छ भन्ने छ । हामी स्पष्टीकरण लिन्छौं,’ श्रेष्ठले भने ।

प्रमुख प्रतिपक्षी दल एमालेका तीन सांसद पनि संसद्मा अनुपस्थित रहे । सांसदहरू राज्यलक्ष्मी गोल्छा, नेजमा आलम र बलबहादुर महत अनुपस्थित रहेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए । अत्यन्त जरुरी काम र बिरामीका कारण तीनजना सांसद अनुपस्थित भएको उनले बताए ।

सत्तारुढ माओवादी केन्द्रका कृष्ण धिताल, रवीन्द्रप्रताप शाह र योगेन्द्र घिसिङ मतदान प्रक्रियामा अनुपस्थित रहे । माओवादी केन्द्रकी सचेतक सीता नेपालीले सांसद धिताल बिरामी भएको र शाह लामो समयदेखि विदेशमा रहेकाले उपस्थित हुन नसकेको बताइन् । ‘योगेन्द्र घिसिङ पनि उपस्थित हुनुभएन । हामी उहाँसँग स्पष्टीकरण लिन्छौं,’ उनले भनिन् ।

संघीय समाजवादी फोरम नेपालका सांसद श्रवणकुमार अग्रवाल पनि अनुपस्थित रहे । उनी बिरामी परेकाले उपस्थित हुन नसकेको संघीय समाजवादीका प्रमुख सचेतक डा. शिवजी यादवले बताए । सीपी मैनाली नेतृत्वको माले र राप्रपा (प्रजातान्त्रिक)का सांसद्हरुले पनि मतदान प्रक्रियामा भाग लिएनन् । – नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते