भदौ ७, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डलर तस्करी आरोपित पाइलट तालिममा विदेश !

७ भाद्र २०७४, बुधबार ०१:३३


भदौ ७, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाएको छ ।

वरिष्ठ क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको हो । अवाले बिहीबार (भदौ ८) मा तालिमका लागि सिंगापुर जाँदैछन् ।

‘फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई लाइसेन्स अद्यावधिक गर्ने भन्दै थप लाखौं लगानी गरी कसरी विदेश तालिममा पठाउन मिल्छ ?’ निगम उच्च स्रोतले भन्यो, ‘उनको मुद्दाको छिनोफानो भएको छैन । भोलि उनले मुद्दा हारे भने उनीमाथि गरिएको लगानी डुब्छ र त्यसको जिम्मेवारी कसले लिन्छ ?’

सम्बद्ध स्रोतका अनुसार अवालेलाई तालिममा पठाउँदा १४ लाखदेखि १६ लाखसम्म खर्च हुन्छ । त्यसबाहेक उनलाई प्रतिदिन २० हजार रुपैयाँ भत्ताको व्यवस्था गरिएको छ । अवालेले न्यूनतम १ साता सिंगापुरमा बिताउनेछन् ।

क्याप्टेन अवाले २०७३ वैशाख २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उड्न लाग्दा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु