२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीभित्र व्यापक आर्थिक अराजकता बढ्यो: विप्लब

९ भाद्र २०७४, शुक्रबार ०१:५५

भदौ ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन् । 

नेता-कार्यकर्ता ‘चन्दामुखी’ भएको आरोप लागिरहेका बेला चन्द स्वयंले पार्टीभित्र अराजकता मौलाएको स्विकारेका हुन्।केन्द्रीय समिति बैठकमा पेस गरेको दस्ताबेजमा चन्दले आर्थिक अराजकताको कुरा महत्वका साथ उल्लेख गरेका छन्। उनको दस्ताबेजलाई बैठकले अनुमोदन गरेको थियो।

ग्रामीण क्षेत्रको जिम्मेवारी दिइएका नेता-कार्यकर्ता सहरमै केन्द्रित भएको, विवादास्पद मुद्दा-मामिलामा मात्र कार्यकर्ता सक्रिय भएको र पार्टीको माथिल्लो कमिटीको निर्देशन र अनुमतिविनै समात्ने, दुःख दिनेजस्ता काममा पार्टी प्रयोग भएको चन्दले खुलासा गरेका छन्।

अन्नपूर्णलाई प्राप्त चन्दको उक्त गोप्य प्रतिवेदनमा नेता-कार्यकर्ताकै बीचमा रकम असुली गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने अस्वाभाविक प्रतिस्पर्धा चलेको उल्लेख छ।

‘पार्टी पंक्ति बढी सहरकेन्द्रित हुनु, पार्टीमा पूर्णकालीन कार्यकर्ता र व्यवस्थापनको नीति स्पष्ट नहुनु, पार्टी कमिटी र जनवर्गीय संगठनको आर्थिक व्यवस्थापन चुस्त नहुँदा अर्थ संकलन गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने, पार्टीको अनुमतिबेगर नै मुद्दा हेर्ने, पार्टीको उपल्लो कमिटीको अनुमतिविना गिरफ्तार गर्नेजस्ता क्रियाकलाप पार्टीमा बढेको छ’, चन्दले स्विकारेका छन्।

काठमाडौं, चितवनलगायत क्षेत्रमा खटिएका पार्टी तथा जनवर्गीय संगठनका नेता मुद्दा-मामिला खोजी गर्दै हिँड्ने र न्यायका नाममा असुली गर्न थालेपछि चन्दको पार्टी आलोचित बन्दै गएको छ। 

‘प्रचण्डसँग हुँदा कमाउन नपाएका वा यता आएर अरूसँग बार्गेनिङ गर्ने प्रवृत्ति पनि पार्टीमा देखिएको छ’, चन्दले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘कतै पार्टीमा आर्थिक फाइदाका लागि अस्वाभाविक सक्रिय हुने र क्रान्तिको चाप बढ्दा धोका दिने अवस्था त आउँदैन भन्ने प्रश्न पनि उठ्न थालेको छ।’

खासगरी विद्यार्थी, स्वयंसेवक र मजदुर संगठनमा आर्थिक अराजकता चर्को रुपमा देखा परेको नेताहरूको भनाइ छ। ती संगठनका केन्द्रीय जिम्मेवारीमै रहेका नेताहरूले ‘जनअदालत’ का नाममा मुद्दा मिलाइदिने बहानामा चर्को रकम असुली गर्दै आइरहेका छन्।

तीन महिनाअगाडि मात्रै जडीबुटीमा त्यस्तै मुद्दा मिलाउने नाममा भएको अपहरणमा नेकपाका केन्द्रीय नेता सुदीप मल्ल जोडिएका थिए। उनलाई अहिले स्पष्टीकरणसमेत सोधिएको नेकपाका नेताहरूले बताएका छन्।

उनले आफ्नो इच्छाअनुसार योजना बनाउने र घुमफिरमा रमाउने नेताहरूको प्रवृत्ति पार्टीमा आत्मघाती कदमका रूपमा देखापरेको पनि बताएका छन्। नेकपाले प्रवक्ता खडकबहादुर विश्वकर्माको नेतृत्वमा केन्द्रीय अर्थ विभाग बनाए पनि विभागभित्रै अराजकता देखिएको छ। अन्नपूर्ण पोष्ट दैनीक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने