भदौ ९, काठमाडौँ । नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामेश्वर राय यादव माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।
यादवलाई १४ भदौमा सर्लाहीबाट प्रवेश गराउने माओवादी केन्द्रका नेता मात्रिका यादवले बताए । माओवादीले मधेसमा पहिलो दल बन्ने दाबी गरेको छ ।
‘सकभर पहिलो शक्ति बन्नेछौँ, त्यस्तो हुन नसके दोस्रो शक्तिचाहिँ पक्कै हुन्छौँ,’ यादवले भने । सरकारमा हुँदा मधेस–पहाड जोड्ने काम गरेकाले मधेसी जनताले माओवादीलाई जिताउने यादवले दाबी गरे । तर, पहिलो वा दोस्रो हुन माओवादी केन्द्रले धेरै कसरत गर्नुपर्ने देखिन्छ । -नयाँ पत्रिका दैनिक