११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो चरण निर्वाचनः कस्तो छ दलहरुको तयारी ?

९ भाद्र २०७४, शुक्रबार ०२:५८

भदौ ९, काठमाडौं । स्थानीय तहको तेस्रो चरणको २ असोजमा हुने निर्वाचन तयारीमा दलहरु लागेका छन् ।

नेपाली कांग्रेसले साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको र्छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा बेहोरेको हारबारे समीक्षा गर्दै कांग्रेसले तेस्रो चरणको निर्वाचनका लागि साउनभित्रै उम्मेदवार टुंग्याउने बताउँदै आएको थियो । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्केपछि उम्मेदवार टुंगो लगाउने संकेत कांग्रेसले दिएको छ ।

एमालेले प्रदेश नम्बर २ का दुईतिहाइ तहमा उम्मेदवार टुंगो लगाएको छ । वैकल्पिक पोलिटव्युरो सदस्य शत्रुधन महतोका अनुसार २ असोजमा हुने स्थानीय चुनावका लागि धनुषाबाहेक सात जिल्लामा पार्टीले उम्मेदवार टुंग्याएको छ ।

माओवादी केन्द्रले अर्को हप्तासम्म टुंग्याउने बताएको छ । उम्मेदवार तय गरेर मैदानमा होमिने माओवादी केन्द्रका प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताए ।  -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु