भदौ १०, काठमाडौं । नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, काठमाडौं । नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित

१० भाद्र २०७४, शनिबार ००:५१

भदौ १०, काठमाडौं । नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित बनेको हो । व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले एक साताअघि नेपाली नम्बर प्लेटको बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको थियो । 

समितिको बैठकमा परराष्ट्र र आपूर्ति मन्त्रालयका सचिवले प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला बुलेटसम्बन्धी समस्या प्राथमिकतामा राखेर निकास खोज्ने बताएका थिए । तर, भ्रमणमा उक्त विषयले खासै ‘चर्चा’ समेत पाउन नसकेको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा बुलेट सञ्चालनसम्बन्धी विषय प्राथमिकताका साथ उठ्ने आशा थियो’, आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले भने, ‘तर नेपाली बुलेट सञ्चालनका विषयमा उपलब्धिमूलक प्रतिफल आउन सकेन ।’नेपाली ग्यास उद्योगीले प्रधानमन्त्रीको भ्रमणमा उक्त विषयले प्राथमिकता नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको भ्रमण टोलीमा सहभागी नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनमा खासै प्रगति नभएको बताए ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा यो समस्या समाधान हुने ठूलो आस थियो । तर यो विषयमा खासै चर्चा भएन । भारतीय सरोकारवाला निकायका तर्फबाट चासो नदेखाइँदा हाम्रो अर्बौं लगानी डुब्ने भयो । नेपाली बुलेट सञ्चालनको विषय अन्योलमै रह्यो’, उनले भने ।

७७५ बुलेटको साढे पाँच अर्ब जोखिममा

प्रतिबुलेटको निर्माण लागत ७० लाख

निर्माण सम्पन्न चार सय थान अलपत्र

थप ३७५ को निर्माण पनि अन्तिम चरणमा

सन् १९९४ मा अनुमति, अहिले आनाकानी

शुक्रबार दिउँसो मात्र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भारतका वाणिज्य तथा उद्योगमन्त्री निर्मला सिथारमनबीच भेटवार्ता भएको थियो । भेटमा नेपाली ग्यास उद्योगीले सम्पूर्ण नियम र मापदण्ड पुर्‍याएर भारतमै निर्मित नेपाली नम्बर प्लेटको बुलेट सञ्चालन हुन नसकेको वाणिज्य तथा उद्योगमन्त्री सिथारमनलाई जानकारी गराएका थिए।

‘हामीले सम्पूर्ण मापदण्ड पूरा गर्दा पनि भारतको नागपुरस्थित एक्सप्लोसिभ विभागबाट विस्फोटनसम्बन्धी प्रमाणपत्र र अनुमति नपाउँदा नेपाली उद्योगीको अर्बौ रुपैयाँ फसेको भारतीय मन्त्री सिथारमनलाई जानकारी गरायौं,’ अध्यक्ष घिमिरेले भने, ‘तर उहाँले खासै चासो राख्नुभएन । 

हामी समस्या समाधान होला भन्ने सोचले भ्रमणमा आएका थियौं । तर, कुनै प्रतिफल आउन सकेन ।’ मन्त्री सिथारमनले बुझेर मात्रै उक्त विषय ‘सट आउट’ गर्छु भनेर आश्वासन मात्रै दिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

विस्फोटन विभागले सन् १९९४ मा को १ ख २८३ नम्बर र एक अर्को गरी दुई वटा नेपाली नम्बर प्लेटको बुलेटलाई अनुमति र प्रमाणपत्र उपलब्ध गराएको थियो । तर, यही विभागले अहिले भने अनुमति र प्रमाणपत्र दिन आनाकानी गर्दै आएको छ । नेपाली अधिकारीले भारतको अदृश्य शक्तिकेन्द्रको इशारामा नेपाली बुलेटलाई अनुमति दिन विभागले अस्वीकार गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङदम्बेले सरकारको लाचारीपनका कारण नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनमा आउन नसकेको टिप्पणी गरेका छन् ।

एक्सप्लोसिभ विभागले नेपाली नम्बर प्लेटको बुलेटलाई एक्सप्लोसिभ अनुमति र प्रमाणपत्र दिन नसक्दा आठ महिनादेखि ५३ वटा ग्यास रिफिलिङ गर्ने उद्योगको चार सय थान नेपाली नम्बर प्लेटको बुलेट भारतको हरियाणा, राजापुर, बडौंदा, पुणे र दिल्लीमा अलपत्र परेका छन् । 

एउटा बुलेट निर्माण गर्न नेपाली उद्योगीको ७० लाख रुपैयाँ खर्च परेको छ । यसबाहेक थप तीन सय ७५ वटा बुलेटको निर्माण अन्तिम चरणमा पुगेको छ । व्यवसायीले नेपाल आयल निगमबाट सात सय ७५ वटा बुलेट सञ्चालनसम्बन्धी अनुमति प्राप्त गरेका थिए ।

यसरी हिसाब गर्दा विस्फोटन विभागबाट सञ्चालनसम्बन्धी अनुमति नपाउँदा व्यवसायीको साढे पाँच अर्ब रुपैयाँ जोखिममा परेको छ । व्यवसायीले बैंकबाट ७० प्रतिशत ऋण उठाएर उक्त बुलेट निर्माण गर्न लगाएका थिए । विस्फोटनसम्बन्धी प्रमाणपत्र अभावमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले उक्त बुलेटमा लोड दिन मानेको छैन ।

संघका अनुसार भारतको सातवटा ढुवानी व्यवसायी (ट्रान्सपोर्टर) को सात सय बुलेट भाडामा लिएर नेपालका उद्योगीले भारतको चार वटा रिफायनरी केन्द्र कर्णाल, मथुरा, हल्दिया र बरौनीबाट ग्यास आयात गर्दै आएको छ । 

यसबाट भारतीय व्यवसायीले ढुवानी खर्चबापत नेपालबाट वार्षिक तीन अर्ब भुक्तानी लिँदै आएका छन् । नेपाली नम्बर प्लेट परिचालन भयो भने नेपाल भारतबीचको व्यापार घाटा करिब तीन अर्ब ५० करोड रुपैयाँ कम हुने अपेक्षा गरिएको छ । यस्तै, करिब दुई हजार पाँच सय सर्वसाधारणले रोजगारीको अवसर प्राप्त गर्ने उल्लेख गरिएको छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै