भदौ १०, नवलपरासी | पश्चिम गण्डक नहरको पानीले बस्ती र खेत डुबेर पीडित सुस्ताका बासिन्दाको आक्रोश थामिएको छैन । स्थानीयले दोस्रो पटक शुक्रबार भारतीय मुख्य पश्चिम नहर फुटाउने प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, नवलपरासी | पश्चिम गण्डक नहरको पानीले बस्ती र खेत डुबेर पीडित सुस्ताका बासिन्दाको आक्रोश थामिएको छैन । स्थानीयले दोस्रो पटक शुक्रबार भारतीय मुख्य पश्चिम नहर फुटाउने प"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा सुस्ताबासिद्वारा गण्डक बाँध फुटाउने प्रयास जारी

१० भाद्र २०७४, शनिबार ०१:०८

भदौ १०, नवलपरासी | पश्चिम गण्डक नहरको पानीले बस्ती र खेत डुबेर पीडित सुस्ताका बासिन्दाको आक्रोश थामिएको छैन । स्थानीयले दोस्रो पटक शुक्रबार भारतीय मुख्य पश्चिम नहर फुटाउने प्रयास गरेका छन् । शुक्रबार दिउँसो सय बढी स्थानीयले सुस्ता गाउँपालिका–१ स्थित नहर खनेका हुन् ।

उनीहरूले बाँध ४ फिट गहिरो र ३ फिट चौडा खनेका थिए । खबरलगत्तै शुक्रबार प्रजिअलगायत सुरक्षा प्रमुख निरीक्षण पुगेका थिए । उनीहरूले समस्या समाधानका लागि पहल गर्ने भन्दै बाँध भत्काउदा नेपाली भूमि डुबानमा पर्ने खतरा भएकाले खन्ने कार्य रोक्न आग्रह गरेका थिए । प्रजिअ उदयबहादुर रानाले दुई मुलुकबीचको सम्झौताअनुसार नहर निर्माण भएकाले यस विषयमा भारतीय पक्षसँग समाधानका लागि पहल गर्ने र केन्द्रमा पनि जानकारी गराएको बताए ।

वर्षापछि नहरमा आएको बाढीले सुस्ता गाउँपालिका–१ र २ डुबान परेको थियो । बर्सेनि समस्या झेल्दा पनि सुनुवाइ नगरिएकाले बाँध भत्काउनुपरेको स्थानीयको भनाइ छ । उनीहरूले बाँध फुटाएर तालिएको पानी निकास गराउने प्रयास गरेका हुन् । नारायणीमा आएको बाढीले साताअघि सुस्ता १, को बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर–२ अन्तर्गत सत्तपति र महलबारीमा डुबान परेको थियो । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु