भदौ १०, काठमाडौँ । पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, काठमाडौँ । पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटका लागि राजपा कार्यकर्ताबीच कुटाकुट

१० भाद्र २०७४, शनिबार ०१:२४


भदौ १०, काठमाडौँ । पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद हुँदा झडप भएको छ । 

पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन शुक्रबार वीरगन्जमा मेयरको उम्मेदवारको विषयमा विवाद हुँदा राजपाका कार्यकर्ताबीच झडप भएको हो।

वीरगन्जको मेयर उम्मेदवार छनोटका लागि केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेश होटलमा राजपाको बैठक बस्ने कार्यक्रम तय भएको थियो । तर, वीरगन्ज महानगरको मेयर पदका आकांक्षी नेता विमल श्रीवास्तव र राजेशमान सिंहका समर्थक कार्यकर्ताबीच बैठक सुरु नहुदै झडप भएको हो । कार्यकर्ताको झडपले बैठक नै स्थगीत भएको छ।

बैठकमा केन्द्रीय पर्यवेक्षक विजय गुप्ता, जिल्लामा रहेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष मण्डलका सदस्य र मेयरका आकांक्षी नेतालाई मात्रै बोलाइएको थियो । तर, मेयरका आकांक्षी श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ता बैठक सुरु नहुँदै झण्डा र ब्यनार बोकेर दलबलसहित बैठकमा नाराबाजी गर्दै पुगेका थिए।

बैठक स्थलमा कार्यकर्ता र समर्थक ठूलो संख्यामा आएपछि बैठक केही समयका लागि स्थगित गर्नु परेको राजपाका केन्द्रीय महासचिव शिव पटेलले जानकारी दिए। वीरगञ्ज माहानगरपालिका, पोखरीयासहितका तीन नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीको पहिचानका निम्ति बैठक बोलाइएको थियो।

राजपाले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्नु भन्दा पहिलेदेखि नै वीरगन्ज महानगरको मेयरका आकांक्षी श्रीवास्तव र सिंहबीच टिकटका लागि द्वन्द्व चल्दै आएको छ। उनीहरुका समर्थकले सामाजिक सन्जालमा आ-आफना नेतालाई मेयरको उम्मेदवार बनाएर भोट माग्न थालिकेका छन्।

राजपा गठन गर्नु अघि श्रीवास्तव, तत्कालीन तराइ मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय कोषाध्यक्ष एंव प्रवक्ता थिए। मेयरका अर्का मुख्य आकांक्षी सिंह भने शरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का केन्द्रीय महामन्त्री थिए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो