भदौ १०, काठमाडौँ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृ्वको क्रान्तिकारी नेकपा माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, काठमाडौँ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृ्वको क्रान्तिकारी नेकपा माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोहनविक्रम, मोहन वैद्य र विप्लव पार्टी एकताका लागि छलफल गर्दै

१० भाद्र २०७४, शनिबार ०२:२४


भदौ १०, काठमाडौँ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृ्वको क्रान्तिकारी नेकपा माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ध्रुवीकर र एकताका लागि छलफल सुरु भएको छ। 

क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दै तीन पार्टी ध्रुवीकरण हुँदै एकतामा जान लागेका हुन्।  वैद्यले मोहनविक्रम निवासमा गत साता एकताका लागि पहिलो पटक प्रस्ताव लिएर गएका थिए। 

दुई नेताबीच भएको भेटमा छलफल र बहसलाई जारी राख्ने भन्दै छुट्टिएको क्रान्तिकारी नेकपा माओवादीका प्रवक्ता हरिभक्त कँडेलले बताए। तर विप्लव र वैद्यले एक आपसमा एकताका लागि एक अर्कोलाई अपिल गर्दै आएका छन्। पछिल्लो समय वैद्य क्रान्तिकारी शक्तिसँग ध्रुवीकरण र एकताका लागि बाक्लै भेटघाट गर्न थालेका छन्। 

कँडेलले संसदवादी शक्तिहरु कमजोर हुँदै गएको ठहर गर्दै केन्द्रीकृत र ध्रुवीकृत हुन थालेको बताए। क्रान्तिकारी माओवादीले क्रान्तिकारी शक्तिहरुबीच पार्टी एकतामा जाने भन्दै गत महिना केन्द्रीय समिति बैठकबाट ६ आधारभूत सिद्धान्त पास गरेको थियो। 

जसमा मार्क्सवाद, लेलिनवाद, माओवाद मान्ने, वर्तमान संविधान नमान्ने, सरकारमा नजाने, बल प्रयोगको सिद्धान्त मान्ने, जनवादी केन्द्रीयता र जनवादी कार्यदिशा भएका पार्टीसँग एकता हुन सक्ने प्रस्ताव अगाडि सारेको थियो। 

सोही अवधारणाअनुसार वैद्य, मोहनविक्रम, विप्लव लगायत साना क्रान्तिकारी पार्टीसँग एकताका लागि छलफल अगाडि बढाइरहेको नेता कँडेलले बताए। -नयाँ पत्रिका दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै