११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी सांसद, जसले अपराधबाटै १६ वर्षमा साढे २९ करोड कमाए

११ भाद्र २०७४, आईतवार ०२:४४


भदौ ११, काठमाडौं । तत्कालीन सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ ।

विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका छन् । विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जर्बस्ती असुलीलगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको चलअचल गरी २९ करोड ४७ लाख १४ हजार रुपैयाँ बराबरको सम्पत्ति १२ जनाका नाममा राखेको भेटिएको छ ।

साहविरुद्ध जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगको अनुसन्धानसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी तथा आफन्तका नाममा भएको चलअचल सम्पत्ति समेत छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई २ वर्षअघि जिम्मा दिएको थियो ।

विभागको निर्देशनबमोजिम छानबिनको जिम्मा पाएको ब्यूरोले २ वर्ष लगाएर केहीदिन अघिमात्रै अनुसन्धान प्रतिवेदनलाई पूर्णता दिएको छ । प्रतिवेदनअनुसार साह तथा उनका परिवार र आफन्त गरी १ दर्जन व्यक्तिलाई प्रतिवादी बनाउँदै २९ करोड ४७ लाख बिगो र सोहीबराबर जरिवाना र हदैसम्मको कैद मागदावी गरिएको रायसहितको प्रतिवेदन तयार पारिएको छ ।

गत वर्ष नै अनुसन्धान प्रतिवेदन पूरा भए पनि सत्ता समीकरण र अभियुक्तलाई जोगाउने गरी मन्त्रीसहितका शक्तिकेन्द्रले दवाव दिँदा ब्यूरोले प्रतिवेदनलाई पूर्णता दिन सकेको थिएन । -कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै