भदौ १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक २०७४ भदौ ६ मा १५ राज्यमन्त्री नियुक्ति गर्दा उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको मधेसी जनअधिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक २०७४ भदौ ६ मा १५ राज्यमन्त्री नियुक्ति गर्दा उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको मधेसी जनअधिका"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यमन्त्री पनि नपाएपछि बिरामी सांसदले आँशु चुहाए

२०७४, १२ भाद्र सोमबार ०२:३१


भदौ १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक २०७४ भदौ ६ मा १५ राज्यमन्त्री नियुक्ति गर्दा उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट तीन जनाले अवसर पाएका छन् । 

तर, गच्छदारको पार्टी कार्याल्यका लागि निःशुल्क घर दिएका भीएस निकेतन स्कूलका संचालक बाबुराम पोखरेलले जीवनमा एक पटक राज्यमन्त्री भएपनि बन्न पाउँ भन्दा पनि उनले मौका पाएनन् ।

गच्छदारले ३ महिनापछि राज्यमन्त्री बनाउने भनेपछि पोखरेलले त्यतिबेलासम्म रहुँला कि नरहुँला हजुर, अहिलेकै पाली अवसर पाउँ, एकपटक राज्यमन्त्री बन्न मन छ भन्दै अनुनय विनय गरेका थिए ।

रोगले थलिएर अक्सिजनको सहारामा बाँचिरहेका उनको पुकार गच्छदारले सुन्दै सुनेनन् । उनको पुकार नसुनी ०७४ भदौ ६ मा गच्छदारले जनकराज चौधरी, सुमित्रा थरुनी र यसोदा कुमारी लामालाई राज्यमन्त्री बनाएका छन् ।

१२ सांसद रहेका गच्छदारले ३ महिनामा अहिलेका मन्त्रीहरुको सेट फेरेर पुनः अर्को लट पठाउने आश्वासन दिएको स्रोतले बताएको छ । त्यतिबेलासम्म के हुने हो, गच्छदारले अवसर दिने हुन् कि होइनन् भनेर पोखरेल चिन्तित छन् । उनले बानेश्वरको तीनकुनेमा रहेको भीएस निकेतनको प्रीप्राइमरी रहेको भवन लोकतान्त्रिक फोरमको कार्यालयका लागि निःशुल्क दिएका छन् ।

गच्छदारले भीएस निकेतनका मालिक बाबुराम पोखरेल, सेक्सोलोजिष्ट सुबोधकुमार पोखरेल र ग्यालेक्सीकी गीता रानाबाट कुत् रकम लिएर समानुपातिक सांसद बनाएको आरोप खेप्दै आएका छन् ।

लोकतान्त्रिक फोरमका एक नेताका अनुसार गच्छदारले मन्त्री र राज्यमन्त्री नबनाएपछि सांसद योगेन्द्र चौधरी पनि उनीसँग रुष्ट छन् । पछिल्ला दिनमा उनी पार्टी गतिविधिमा त्यति सक्रिय हुन छाडेका छन् । -साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित