भदौ १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक २०७४ भदौ ६ मा १५ राज्यमन्त्री नियुक्ति गर्दा उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको मधेसी जनअधिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक २०७४ भदौ ६ मा १५ राज्यमन्त्री नियुक्ति गर्दा उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको मधेसी जनअधिका"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यमन्त्री पनि नपाएपछि बिरामी सांसदले आँशु चुहाए

१२ भाद्र २०७४, सोमबार ०२:३१


भदौ १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक २०७४ भदौ ६ मा १५ राज्यमन्त्री नियुक्ति गर्दा उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट तीन जनाले अवसर पाएका छन् । 

तर, गच्छदारको पार्टी कार्याल्यका लागि निःशुल्क घर दिएका भीएस निकेतन स्कूलका संचालक बाबुराम पोखरेलले जीवनमा एक पटक राज्यमन्त्री भएपनि बन्न पाउँ भन्दा पनि उनले मौका पाएनन् ।

गच्छदारले ३ महिनापछि राज्यमन्त्री बनाउने भनेपछि पोखरेलले त्यतिबेलासम्म रहुँला कि नरहुँला हजुर, अहिलेकै पाली अवसर पाउँ, एकपटक राज्यमन्त्री बन्न मन छ भन्दै अनुनय विनय गरेका थिए ।

रोगले थलिएर अक्सिजनको सहारामा बाँचिरहेका उनको पुकार गच्छदारले सुन्दै सुनेनन् । उनको पुकार नसुनी ०७४ भदौ ६ मा गच्छदारले जनकराज चौधरी, सुमित्रा थरुनी र यसोदा कुमारी लामालाई राज्यमन्त्री बनाएका छन् ।

१२ सांसद रहेका गच्छदारले ३ महिनामा अहिलेका मन्त्रीहरुको सेट फेरेर पुनः अर्को लट पठाउने आश्वासन दिएको स्रोतले बताएको छ । त्यतिबेलासम्म के हुने हो, गच्छदारले अवसर दिने हुन् कि होइनन् भनेर पोखरेल चिन्तित छन् । उनले बानेश्वरको तीनकुनेमा रहेको भीएस निकेतनको प्रीप्राइमरी रहेको भवन लोकतान्त्रिक फोरमको कार्यालयका लागि निःशुल्क दिएका छन् ।

गच्छदारले भीएस निकेतनका मालिक बाबुराम पोखरेल, सेक्सोलोजिष्ट सुबोधकुमार पोखरेल र ग्यालेक्सीकी गीता रानाबाट कुत् रकम लिएर समानुपातिक सांसद बनाएको आरोप खेप्दै आएका छन् ।

लोकतान्त्रिक फोरमका एक नेताका अनुसार गच्छदारले मन्त्री र राज्यमन्त्री नबनाएपछि सांसद योगेन्द्र चौधरी पनि उनीसँग रुष्ट छन् । पछिल्ला दिनमा उनी पार्टी गतिविधिमा त्यति सक्रिय हुन छाडेका छन् । -साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो