११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा

१२ भाद्र २०७४, सोमबार ०२:३३

भदौ १२, काठमाडौं । नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । 

सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ ।

नेपालको संविधान २०७२ ले निजामती सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थामा पदपूर्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि आयोगले सेनालगायत विभिन्न ९८ वटा संगठित संस्थामा पदपूर्ति गर्न थालेको हो । ती निकायमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामै हुने गरेको आयोगले जनाएको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा प्रणालीलाई आत्मसात गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न कठिन नहुने बताउँछन् । 

‘लोकसेवा आयोग मेरिटोक्रेसीलाई मान्यता दिने संस्था हो आयोगको परीक्षामा सहभागी हुने सेनालगायत सबै पक्षले यसमा ध्यान दिने हो भने असफलता हासिल गर्नु पर्दैन’, आयोग अध्यक्ष मैनालीले भने । सोर्सफोर्स र भनसुनबाटै सेनामा प्रवेश गरेकाहरू आन्तरिक बढुवाका लागि भएका प्रतिस्पर्धामा धमाधम फेल हुन थालेका हुन् । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो