२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिस्पर्धाको इतिहास बनाउँदै माओवादी: नेता छान्न अखिलमा निर्वाचन

२०७४, १३ भाद्र मंगलवार ०१:२३

भदौ १३, काठमाडौं । १० वर्षे सशस्त्र संघर्षसँगै २०६३ सालमा शान्तिप्रक्रियामा प्रवेश गरेको नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनको इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

माओवादी केन्द्रले यसअघि पार्टी, पार्टीको सहायक संगठन र भ्रातृ संगठनहरूको नेतृत्व चयन सहमतिको नाममा मनोनीत गर्दै आएको थियो । माओवादी केन्द्रनिकट विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनले भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

२०५२ सालमा माउ पार्टी नेकपा माओवादीले सशस्त्र विद्रोह थालेयता हालसम्म पार्टीका दुईवटा महाधिवेशन भएका छन् । दुईमध्ये एउटा महाधिवेशन भने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले काठमाडौंमा गरेको थियो । सो महाधिवेशनले समेत सहमतिमै नेतृत्व चयन गरेको थियो ।

पछिल्लोपटक हेटौंडामा सम्पन्न महाधिवेशनले समेत पुष्पकमल दाहाल नेतृत्वमा सिंगो केन्द्रीय समिति सहमतिकै आधारमा चयन गरेको थियो । माओवादी केन्द्रका एक सहायक संगठन (वाईसीएल), प्रमुख र सहायक गरी २१ भ्रातृ संगठन छन् । 

ती सबैमा हालसम्म सहमतिमै नेतृत्व चयन हुँदै आएका छन् । क्रान्तिकारीको यो २१औं एकता महाधिवेशन हो । २०५१ सालदेखि अस्तित्वमा आएपछिको अखिल क्रान्तिकारीले पनि पहिलोपटक निर्वाचनको प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागेको हो । 

माओवादी घटक संगठनहरूबीच नेतृत्व चयनका लागि अन्तरपार्टी चुनावी प्रतिस्पर्धा यो पहिलोसमेत हो । पार्टी सचिवालय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने पार्टीको अबको गन्तव्यसमेत यो निर्वाचनले निर्धारण गर्ने बताउँछन् ।

७ भदौदेखि जारी राष्ट्रिय सम्मेलनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार (आज) निर्वाचनको कार्यतालिका छ । निर्वाचन समिति संयोजक रमेश मल्लले मंगलबार निर्वाचनको कार्यतालिका भए पनि उम्मेदवारहरूको मनोनयन धेरै भएको र प्राविधिक विषय मिलाउँदा ढिला हुन सक्ने सम्भावनासमेत रहेको बताए ।

अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा रञ्जित तामाङ, अनिल शर्मा र मदन अर्याल छन् । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित