११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिस्पर्धाको इतिहास बनाउँदै माओवादी: नेता छान्न अखिलमा निर्वाचन

१३ भाद्र २०७४, मंगलवार ०१:२३

भदौ १३, काठमाडौं । १० वर्षे सशस्त्र संघर्षसँगै २०६३ सालमा शान्तिप्रक्रियामा प्रवेश गरेको नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनको इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

माओवादी केन्द्रले यसअघि पार्टी, पार्टीको सहायक संगठन र भ्रातृ संगठनहरूको नेतृत्व चयन सहमतिको नाममा मनोनीत गर्दै आएको थियो । माओवादी केन्द्रनिकट विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनले भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

२०५२ सालमा माउ पार्टी नेकपा माओवादीले सशस्त्र विद्रोह थालेयता हालसम्म पार्टीका दुईवटा महाधिवेशन भएका छन् । दुईमध्ये एउटा महाधिवेशन भने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले काठमाडौंमा गरेको थियो । सो महाधिवेशनले समेत सहमतिमै नेतृत्व चयन गरेको थियो ।

पछिल्लोपटक हेटौंडामा सम्पन्न महाधिवेशनले समेत पुष्पकमल दाहाल नेतृत्वमा सिंगो केन्द्रीय समिति सहमतिकै आधारमा चयन गरेको थियो । माओवादी केन्द्रका एक सहायक संगठन (वाईसीएल), प्रमुख र सहायक गरी २१ भ्रातृ संगठन छन् । 

ती सबैमा हालसम्म सहमतिमै नेतृत्व चयन हुँदै आएका छन् । क्रान्तिकारीको यो २१औं एकता महाधिवेशन हो । २०५१ सालदेखि अस्तित्वमा आएपछिको अखिल क्रान्तिकारीले पनि पहिलोपटक निर्वाचनको प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागेको हो । 

माओवादी घटक संगठनहरूबीच नेतृत्व चयनका लागि अन्तरपार्टी चुनावी प्रतिस्पर्धा यो पहिलोसमेत हो । पार्टी सचिवालय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने पार्टीको अबको गन्तव्यसमेत यो निर्वाचनले निर्धारण गर्ने बताउँछन् ।

७ भदौदेखि जारी राष्ट्रिय सम्मेलनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार (आज) निर्वाचनको कार्यतालिका छ । निर्वाचन समिति संयोजक रमेश मल्लले मंगलबार निर्वाचनको कार्यतालिका भए पनि उम्मेदवारहरूको मनोनयन धेरै भएको र प्राविधिक विषय मिलाउँदा ढिला हुन सक्ने सम्भावनासमेत रहेको बताए ।

अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा रञ्जित तामाङ, अनिल शर्मा र मदन अर्याल छन् । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै