२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रहरीलाई नक्कली सुन बेच्न खोज्ने रामेछापका युवक पक्राउ

२०७४, १५ भाद्र बिहीबार ०१:३४

भदौ १५, काठमाडौं । प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । 

रामेछापका मोहनकुमार तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । महाशाखाका प्रहरी सुन किन्न ग्राहक बनेर गएका थिए । तामाङले सुनजस्तो पहेँलो धातु देखाउँदै एक किलो सुन रहेको र सस्तोमा बिक्री गर्ने भन्दै लोभ्याएका थिए । 

उनी नक्कली सुन देखाएर ठगी गर्ने व्यक्ति भएको सूचना पाएपछि प्रहरीले ग्राहक बनेर गई मंगलबार बाँसबारी गंगालाल अस्पताल अगाडिबाट उनलाई पक्राउ गरेको हो ।

सस्तोमा सुन तथा डलर बिक्री गर्ने भन्दै एकान्तमा बोलाई नक्कली सुन र नक्कली डलर दिएर ठगी गर्ने गिरोह राजधानीमा सक्रिय रहेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने