११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा किचलो

१८ भाद्र २०७४, आईतवार ०२:१६

भदौ १८, काठमाडौं । आकांक्षी धेरै भएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको छ ।

एक साताभन्दा बढी समय उम्मेदवार छान्न केन्द्रीय कार्यालय रोजेको कांग्रेसले नेता–कार्यकर्ताको भिड र दबाबपछि ठाउँ सार्दै छलफल गरिहरेको छ ।  तर, शनिबार रातिसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन ।

बुधबार र बिहीबार महामन्त्री डा. शशांक कोइरालाको टोखास्थित निवासमा उनीसहित नेता विमलेन्द्र निधि, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र सचिव प्रेम केसी उम्मेदवार चयनबारे छलफलमा जुटेका थिए । जसमध्ये आठ जिल्लाबाट कम विवाद भएर आएका केही उम्मेदवारी टुंगो लागेको थियो । तर, क्षेत्रीय समिति र जिल्ला कार्यसमितिबाट छुट्टाछुट्टै सूची आएपछि ती ठाउँको उम्मेदवारी मिलाउन समस्या परेको छ ।

प्रदेश नं. २ का १२ केन्द्रीय सदस्यलाई छलफलमा सहभागी नगराइएपछि उनीहरू असन्तुष्ट बने ।‘उम्मेदवारी समयमा नटुंगिँदा नेता–कार्यकर्ताको दबाब चर्को रूपमा परिरहेको छ । 

मान्छेको भिड धेरै लाग्ने, विवाद मतान्तर हुँदा, नेताको दबाब आउने हुँदा ठाउँ सर्दै बैठक गर्दै आउने काम भएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘दिउँसो बसेको ठाउँमा पनि नेता–कार्यकर्ताले सुइँको पाएपछि शुक्रबार राति फेरि केन्द्रीय कार्यालयमा छलफल ग¥यौँ ।’ केन्द्रीय सदस्यहरूले आफूहरूलाई छलफलमै नराखी उम्मेदवार टुंग्याउन खोजेको भन्दै शुक्रबारको छलफलमा असन्तुष्टि राखेपछि उनीहरूलाई समेत सहभागी गराएर छलफल गराइएको स्रोत बताउँछ ।

झम्सीखेलस्थित रेस्टुरेन्टमा बिहानको खानापछि दिनभर छलफल गरी बेलुका अर्कै ठाउँमा बस्नेगरी नेताहरूलाई खाना खाएर आउन भनिएको थियो । ‘बिहानको खाना रेस्टुरेन्टमै खायौँ । बेलुकाको खाना सबैले आफैँले खाएर आएपछि पुनः छलफलमा जुट्यौँ,’ कांग्रेसका एक नेताले भने । 

केन्द्रीय कार्यालयमा सुरुमा उम्मेदवार टुंग्याउँदा प्रदेश नं. २ का १४ केन्द्रीय सदस्य र महामन्त्री डा. शशांक कोइराला, आठ जिल्लाका कांग्रेस सभापति, सो क्षेत्रका सांसद, क्षेत्रीय सभापतिसहितको बैठक बसेको थियो । तर, सो बैठकले उम्मेदवार टुंग्याउन नसकेपछि कोइराला र निधिबीच छुट्टै छलफल भएको थियो ।

उम्मेदवार छनोटमा सहभागी नगराएपछि पौडेल युएईतिर

पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस शीर्ष नेतृत्वले उम्मेदवारी टुंग्याएको थियो । तर, प्रदेश नं. २ मा शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्कासहितका नेतालाई सहभागी गराइएको छैन । 

उम्मेदवार छान्न सहभागी नगराइएपछि नेता पौडेल बिहीबार राति युएई पुगेका थिए । नेपाल प्रेस युनियनको कार्यक्रममा भाग लिन युएई गएका पौडेल शनिबार फर्किएका छन् ।

के–केमा विवाद ? 

उम्मेदवार चयन गर्दा कसलाई प्राथमिकता दिने भन्नेमै नेताहरू अड्किएका छन् । ‘उम्मेदवार बन्नेहरू १९–२० को हुनुहुन्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरूबीच राय बाझिएका छन् । त्यसैले ढिलाइ भइरहेको छ ।’ 

जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूबाट केही तहमा छुट्टाछुट्टै उम्मेदवारको सूची आउने, केहीमा गुटगत रूपमा उम्मेदवार बनाउन नेताहरूबीच राय बाझिएपछि कांग्रेसलाई उम्मेदवार टुंग्याउन सकस परेको हो । यसअघि कांग्रेसले साउनभित्रै उम्मेदवार टुंग्याएर चुनाव प्रचारमा निस्कने बताएको थियो । तर, मनोनयन दर्ताको चार दिन बाँकी हुँदासम्म पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेताहरू आफैँले उम्मेदवार टुंगो लागिसक्यो भने पनि त्यहाँ अझै विवाद देखिएको छ ।

यी ठाउँमा लगभग टुंगिए 

महोत्तरीका १५, सर्लाहीका २०, सप्तरीका १८ र सिरहाका १८ गरी ७१ मध्ये अब ११ स्थानीय तहमा मात्र समस्या रहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । 

रौतहट, पर्सा, बारा, धनुषाको अन्तिम टुंगो शनिबार रातभर लगाउने गरी नेताहरू छलफलमा जुटेका छन् । वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिकासहितका केही नगरपालिका र गाउँपालिकामा भने कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह