११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा ८ नेपाली यसरी भए सम्पर्कविहीन

१९ भाद्र २०७४, सोमबार ०१:२७


भदौ १९, काठमाडौँ । रोजगारीका लागि मलेसियामा रहेका ८ नेपाली बेपत्ता भएका छन् । 

तमिल मूलका व्यक्तिले छुरा प्रहरा गरेको घटनापछि हनुमाननगर कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाका नीरेन्द्र यादवसहित ८ नेपाली बेपत्ता भएका हुन् ।

नीरेन्द्रका जेठान वैद्यनाथ यादवले दिएको जानकारी अनुसार सर्लाही र सुनसरीका २–२ जना तथा महोत्तरकिा ३ जनासहित नीरेन्द्र मलेसियाको कन्तार भन्ने स्थानमा बस्दै आएका थिए ।

उनीहरु पेनाङस्थित जाम्बुलमा रहेको जीयूएच सर्किट इन्डिस्ट्रिज पीजी एसडीएन बीएचडीमा कार्यरत थिए । गत २९ अगस्त साँझ पौने सात बजेदेखि नीरेन्द्य्रसहित उनका साथी सम्पर्कविहीन भएको वैद्यनाथले बताए ।

उनीहरु बस्दै आउको कन्तारस्थित डेरा नजिकै डिस्कोमा हल्ला बढी भएपछि उनीहरु गुनासो गर्न त्यहाँ पुगेका थिए । डेरा फर्किएलगत्तै केही तमिल मूलका युवा आएर झ्याल–ढोका फोरी छुरा हानेको उनीहरुसँग बस्दै आएका नेपालीको भनाइ उद्धृत गर्दै वैद्यनाथले बताए । 

त्यो दिनदेखि उनीहरु बेपत्ता छन् । ‘फोन स्विच अफ छ । नीरेन्द्रका साथीभाइलाई फोन गर्दा कुनै अत्तोपत्तो नरहेको जानकारी दिएका छन्,’ वैद्यनाथले भने, ‘परराष्ट्र मन्त्रालयले खोजीमा सक्रियता देखाओस् ।’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह