११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

१९ भाद्र २०७४, सोमबार ०२:०३

भदौ १९, काठमाडौँ । ‘जम्बो’ मन्त्रिपरिषद् गठन गरेर आलोचना खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । 

देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)लाई चार मन्त्रालय दिँदै विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्रीका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए । ‘सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको छ । केही दिनभित्रै यो विषय टुंगिनेछ,’ परियारले भने ।

राप्रपाबाट विभाजित भएर गएको प्रजातान्त्रिकले वन, उद्योग, विज्ञान तथा प्रविधिर शान्ति तथा पुनर्निर्माण मन्त्रालय पाउनेछ । राप्रपा प्रजातान्त्रिकबाट दीपक बोहरा, विक्रम पाण्डे, सुनिलबहादुर थापा र रामकुमार सुब्बा मन्त्री बन्ने सम्भावना छ । 

बोहरा, पाण्डे र थापा प्रत्यक्ष निर्वाचित सांसद हुन् भने सुब्बा राप्रपा र राप्रपा नेपाल एकीकरण हुनुभन्दाअघि राप्रपा नेपालका संसदीय दलका उपनेता थिए । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह