२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवतीलाई तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि हत्या…

२०७४, १९ भाद्र सोमबार ०३:१८

भदौ १९, काठमाडौँ । होटलमा बलात्कारपछि एक २० वर्षीया युवतीको हत्या भएको छ । 

दैलेख र कालिकोटको सीमानामा पर्ने खिड्कीज्यूलाको एक होटलमा तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि ति युवतीको हत्या भएको हो। सुर्खेतबाट कालिकोट घर जान हिँडेकी युवतीलाई ट्रक चालकले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ना ५ ख १८८७ नम्बरको ट्रकका चालकले ति युवतीलाई निशुल्क कालिकोटसम्म लगिदिने भन्दै ट्रकमा चढाएका थिए। तर, राजमार्गको गगनेखोलमा पहिरो आएपछि उनीहरु अगाडि बढ्न सकेनन्। 

सुर्खेतको वीरेन्द्रनगर निवासी ३२ वर्षीय चालक लक्ष्मीप्रसाद आचार्यले स्थानीय आले होटलमा तीन दिनसम्म युवतीलाई बन्धक बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बन्धक बनाएर बलात्कार गरेको र त्यसपछि हत्या गरेको आरोपमा प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएको छ।

 दैलेखका डीएसपी सरोज पौडेलले युवतीलाई बलात्कार गरेको र त्यसपछि विष खुवाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनले भने, ‘युवतीलाई बन्धक बनाएको पुष्टी भएको छ, शारीरिक शोषणपछि हत्या भएको हामीले आंशका गरेका छौं। घटनाको थप अनुसन्धान जारी छ, हामीलाई ट्रक चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं।’

प्रहरीका अनुसार ट्रक चालक आचार्यले भान्जी नाता लगाएर युवतीलाई होटलमा बन्धक बनाएका थिए। बन्धक बनाएको तेस्रो दिन शनिबार बिहान ८ बजेतिर मात्र घटना बाहिर आएको हो। स्थानीयका अनुसार शनिबार बिहान आचार्यले ती युवतीले विष खाएको भन्दै राकम बजारको एक निजी मेडिकलमा उपचारका लागि पु¥याएका थिए। सोही क्रममा प्रहरीले आचार्यलाई पक्राउ गरेको हो।

शनिबार नै युवतीलाई थप उपचारको लागि दैलेख सदरमुकाम लैजाने क्रममा बाटोमै ज्यान गएको थियो। प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्य र होटल सञ्चालक कृष्ण आलेमगरलाई पक्राउ गरिएको जनाएको छ। 

पहिरोका कारण सडक अवरुद्ध भएको मौका छोपेर चालकले ति युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आफन्तको आरोप छ। मृतकका आफन्तले छोरीको हत्यारालाई कडा कारबाहीको माग गरेका छन्। सुर्खेतमा सवओभरसियर अध्ययनका लागि भर्ना भएर ति युवती घर फर्किदै थिइन्। -अन्नपूर्ण पोष्ट दैनिक  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित