११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवतीलाई तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि हत्या…

१९ भाद्र २०७४, सोमबार ०३:१८

भदौ १९, काठमाडौँ । होटलमा बलात्कारपछि एक २० वर्षीया युवतीको हत्या भएको छ । 

दैलेख र कालिकोटको सीमानामा पर्ने खिड्कीज्यूलाको एक होटलमा तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि ति युवतीको हत्या भएको हो। सुर्खेतबाट कालिकोट घर जान हिँडेकी युवतीलाई ट्रक चालकले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ना ५ ख १८८७ नम्बरको ट्रकका चालकले ति युवतीलाई निशुल्क कालिकोटसम्म लगिदिने भन्दै ट्रकमा चढाएका थिए। तर, राजमार्गको गगनेखोलमा पहिरो आएपछि उनीहरु अगाडि बढ्न सकेनन्। 

सुर्खेतको वीरेन्द्रनगर निवासी ३२ वर्षीय चालक लक्ष्मीप्रसाद आचार्यले स्थानीय आले होटलमा तीन दिनसम्म युवतीलाई बन्धक बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बन्धक बनाएर बलात्कार गरेको र त्यसपछि हत्या गरेको आरोपमा प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएको छ।

 दैलेखका डीएसपी सरोज पौडेलले युवतीलाई बलात्कार गरेको र त्यसपछि विष खुवाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनले भने, ‘युवतीलाई बन्धक बनाएको पुष्टी भएको छ, शारीरिक शोषणपछि हत्या भएको हामीले आंशका गरेका छौं। घटनाको थप अनुसन्धान जारी छ, हामीलाई ट्रक चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं।’

प्रहरीका अनुसार ट्रक चालक आचार्यले भान्जी नाता लगाएर युवतीलाई होटलमा बन्धक बनाएका थिए। बन्धक बनाएको तेस्रो दिन शनिबार बिहान ८ बजेतिर मात्र घटना बाहिर आएको हो। स्थानीयका अनुसार शनिबार बिहान आचार्यले ती युवतीले विष खाएको भन्दै राकम बजारको एक निजी मेडिकलमा उपचारका लागि पु¥याएका थिए। सोही क्रममा प्रहरीले आचार्यलाई पक्राउ गरेको हो।

शनिबार नै युवतीलाई थप उपचारको लागि दैलेख सदरमुकाम लैजाने क्रममा बाटोमै ज्यान गएको थियो। प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्य र होटल सञ्चालक कृष्ण आलेमगरलाई पक्राउ गरिएको जनाएको छ। 

पहिरोका कारण सडक अवरुद्ध भएको मौका छोपेर चालकले ति युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आफन्तको आरोप छ। मृतकका आफन्तले छोरीको हत्यारालाई कडा कारबाहीको माग गरेका छन्। सुर्खेतमा सवओभरसियर अध्ययनका लागि भर्ना भएर ति युवती घर फर्किदै थिइन्। -अन्नपूर्ण पोष्ट दैनिक  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह