२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले भने- माधव नेपाल उत्तर कोरिया गएको थाहा छैन

२०७४, २३ भाद्र शुक्रबार ०१:३८

भदौ २२, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्।

पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो भन्ने प्रश्नमा ओलीले माधव नेपालजी उत्तर कोरिया जानुभो । त्यो उहाँको व्यक्तिगत भ्रमण हो । त्यसमा पार्टी जवाफदेही नहुने बताए । यस्तै तपाई कहीं न कहीं घोचपेचजन्य र अरूलाई कटाक्ष गर्नुहुन्छ, त्यस्तो अभिव्यक्ति नगरे हुँदैन? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिए।

घोचपोचको कुरा कहाँबाट आयो ? जस्तो- हालसालै शेरबहादुरजीले दिल्लीमा बेमतलबको गीत गाउनुभयो । उहाँले त्यो केको लागि भन्नुभयो ? नेपालको संसद्को फैसलाको, नेपालको आन्तरिक मामलाको कुरो किन त्यहाँ भन्नुभयो ? आफूलाई निर्वाचित गरेको आफ्नो संसद्बारे रोनाधोना गर्ने ठाउँ दिल्ली थिएन । त्यसमा अलिकति राम्रो भएन भन्दा घोचपेच भो । चित्त दुख्यो । 

नेपालको चित्त दुख्छ कि दुख्दैन, उहाँले ख्याल गर्नुपर्छ कि पर्दैन ? उहाँले कसलाई सोधेर बोल्नुभयो ? सोध्नुपर्दैन, तर ठीकचाहिँ बोल्नुपर्छ । आचारसंहिता बनाऔं रे, संहिता लेखिरहनुपर्छ, बनाइरहनुपर्छ ? पदीय जिम्मेवारीअनुसारका अनुशासन हुन्छ । मध्यकालीन जमानामा शास्त्रमा लेखेपछि प्रमाण हुन्थ्यो ।

सत्यता पुष्टिको लागि शास्त्रलाई मान्ने प्रचलन थियो । आन्तरिक कुरा विदेशमा गएर गर्नुहुन्न भनेर कहाँ लेखिएको छ ? हाम्रो संसद्को विरोध विदेशमा गएर गर्नु हुन्न भनेर कहाँ लेखिएको छ ? राष्ट्रिय गौरव र प्रतिष्ठाको विरुद्धमा बोल्नुहुन्न भनेर कहाँ लेखिएको छ ?

यस्तै तपाईं भारतमा जाँदा राम्रो आतिथ्यता भयो, तर संयुक्त विज्ञप्ति जारी भएन । के कारणले होला? भनि सोधिएको प्रश्नमा उनको जवाफ थियो-

एउटा सन्दर्भमा मात्र संयुक्त विज्ञप्ति आवश्यक हुन्छ । दुई देशबीच सम्झौता भए तर सम्झौताको तहमा पुर्‍याउन सकिएन । काम गर्ने एक खालको सैद्धान्तिक, एक खालको मौखिक सहमति भएको छ र हामी दुवै प्रतिबद्ध छौं । यस्ता कुरा ‘रिफ्लेक्ट’ हुने गरी त्यस्तो विज्ञप्ति जारी गरिन्छ । मोदीजी र मैले संयुक्त प्रेस सम्मलेन गर्‍यौं । मोदीजीले भन्ने कुरा उहाँले भन्नुभयो, मेरा कुरा मैले भनें । सम्झौता जे भए, दुनियाँ र प्रेसका अगाडि भए । त्यसभन्दा अरू बताउनुपर्ने कुरा वा संयुक्त विज्ञप्तिमा भनिने कुरा केही बाँकी थिएन ।

अब एमाले सत्तामा जान लागेको हो ?

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ । १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा नेकपा एमाले बहुमतमा आउँछ । सातैवटा प्रदेशमा एमालेले प्रदेश सरकार बनाउँछ । संघीय सरकार पनि नेकपा एमालेले बहुमतका साथ बनाउँछ । अब एमाले नगएर सरकारमा को जान्छ ?

चुनाव पछाडि ?

हो, चुनाव पछाडि । चुनाबबाट जान्छ । जनताको अभिमतबाट जान्छ । नेकपा एमाले केन्द्रमा, सातै प्रदेशमा एमालेले सरकार बनाउँछ । यो देशको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, स्वाधीनताको रक्षा र स्वाभिमानको रक्षा । अलिकति होचो छ, अलिकति सानो छ भन्दैमा त्यसको टाउको ङ्याक्नैपर्छ भन्ने छैन । देशको राष्ट्रिय एकता जोगाउन एमाले चाहिन्छ । वास्तविक अर्थमा लोकतन्त्रलाई प्रक्रियामार्फत समृद्ध गर्न र शान्तिपूर्ण समाज र सुशासन चलाउन एमाले चाहिन्छ।

अब केही संक्षिप्त विषयमा जाऊँ । तेस्रो चरणको चुनावमा तपाईंहरूले वीरगन्जमा बसुरद्दिन अन्सारीलाई मेयरको प्रत्याशी खडा गरेपछि नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज भयो भन्नुभयो । के छ, यसमा सम्बन्ध ? उनलाई दाउद इब्राहिमको मान्छेसमेत भन्दा रहेछन् नि ?

एमालेमा आएपछि दाउद इब्राहिमको मान्छे भयो । यस्ता फजुल कुरा गर्नु उचित हुँदैन । जोकसैले भनेको आधारमा कुरा गर्नु वाञ्छनीय होइन । एमालेमा नआउँदा, हिजो त अन्य पार्टीमा हुँदा र सांसदमा निर्वाचन लड्दा त यो केही पनि थिएन । एमालेमा प्रवेश नगर्दा र उम्मेदवार नहुँदा त सम्बन्धन प्राप्त भएको थियो । 

एमालेमा आएपछि सम्बन्धन खारेज हुने । म फेरि पनि भन्छु- राज्य आवेश उत्तेजनामा चल्नु हुँदैन । कहिले प्रधानन्यायाधीशविरुद्ध राज्य उल्टिएर खनिन्छ । सत्तासीनहरू क्रोध, आवेश र उत्तेजनामा हुन्छन् र खनिन्छन् । शक्ति पृथकीकरणका सिद्धान्त, सन्तुलन र नियन्त्रणका सिद्धान्त र स्वतन्त्र न्यायपालिका बिर्सन्छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा टिकाराम यात्रीले लिएको अन्तर्वार्ताबाट लिएका हौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित