१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन

२३ भाद्र २०७४, शुक्रबार ०१:४७

भदौ २३, काठमाडौं । क्षेत्रपाटीबाट गत आइतबार राति बरामद भएको ८८ किलो सुन खरिदका लागि तस्करले २० करोड धरौटी राखेको खुलेको छ । तस्करले २० करोड रुपैयाँ मात्र धरौटी राखेर बाँकी रकम भनेको ठाउँमा पुगपछि दिने शर्तमा सुन काठमाडौं भित्र्याइएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

सो रकम धरौटी राखेपछि चिनियाँ व्यापारीले किस्ता किस्तामा सुन पठाएका हुन्।  सो सुन काठमाडौं ल्याएर भारतको कोलकाता लैजाने योजना थियो। चिनियाँ नागरिक पान विइ मिङ र भारतीय व्यापारी अनिलकुमार शर्माले सो सुन आयात गरेका थिए।

स्रोतका अनुसार अनिलकुमार शर्मालगायत भारतीय व्यापारीहरूको कनेक्सन चिनियाँ नागरिक पान विइ मिङसँग रहेको छ। दुवैतर्फको रकम डलरमा हुण्डीमार्फत चीन लगिएको थिायो।

उनीहरू सुन समातिएकोमा भन्दा कारोबार रोकिएको र पैसा डुबेकोमा बढी चिन्ति छन्। ‘अब पहिलाको पैसा चुक्ता नगरी सुन ल्याउन पाइँदैन, भएको पैसा उतै डुब्यो’, भारतीय व्याापारी शर्मानिकट स्रोतले भन्यो, यो सबै सुन कलकत्ताको व्यापारीको हो। यो क्षति बहन गर्न गाह्रो छ।’ भारतीय नागरिक शर्मालाई बालु भन्ने जग्न्नाथ घांगेले नेपालमा सहयोग गरिरहेका थिए।

बालुको सेटिङमार्फत नै सो सुन कोलकाता लैजान लागिएको थियो। तर सुराकीले प्रहरीलाई खबर गरेपछि सुन बरामद भएको थियो। बालु नेपालमै सुनचाँदी व्यवसाय गरेर बसेका छन्। उनलाई सम्पत्ति शुद्धिकरण विभागले मुद्दा चलाएको थियो। उनका सहयोगी भारतीय नागरिक नरेश अग्रवाल रहेको स्रोतले जनाएको छ।

प्रहरीले हालसम्म पनि सुनका मालिकलाई पक्राउ गर्न सकेको छैन। केही सुन पुरानो नाका तातोपानी हुँदै आएको हो भने केही रसुवाबाट आएको हो। ‘पैदल यात्रुले पनि सुन ल्याए, धेरैजसो कन्टेनरमै आएको हो’, स्रोतले भन्यो, ८८ किलो जम्मा गर्न दुई महिना लागेको थियो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह