१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

‘श्रीमानले बिहे गरेको तीन महिनामै श्रीमतीलाई भारतीय दलालको जिम्मा लगाए’

३ आश्विन २०७४, मंगलवार ०२:३१

असोज ३, बाजुरा । छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुमारी बुढा उपचारका लागि असार ०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पतालमा गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।


कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुके रोकायाबीच वैशाख ०७४ मा प्रेमविवाह भएको थियो । विवाह भएको करिब दुई महिनामै उनी बिरामी परिन् । बिरामी भएपछि उनी श्रीमान्सँग उपचारका लागि भारतको नयाँदिल्ली गइन् । तर, अस्पताल नपुग्दै भारतमा रहेका महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।

कुन्ता र शुकेबीच गाउँमा केही दिनअघि विवाद भएको थियो । कुन्ताले उजुरी गरेपछि इलाका प्रहरी कार्यालय डोगढीमा उनीहरूबीच मेलमिलाप भएको थियो ।

भारतको नयाँदिल्ली पुगेपछि श्रीमान् सुकेले उपचार गर्न अस्पतालमा नलगी टेम्पो चालकका साथ लगाएर सडकमै छोडेर भागेको कुन्ताकुमारीले बताइन् । टेम्पु चालकसँग श्रीमान्बारे सोध्दा उसले घर गइसकेको र सबै उपचार आफैंले गरिदिने बताएको कुन्ताको भनाइ छ । उसले आफूसँगै जाऊँ भनेर हातपात गर्न खोजेपछि सडकमै कराएको उनले बताइन् । कराउन थालेपछि टेम्पोचालकले राम्रो पैसा कमाइ हुने ठाउँमा लैजाने, मीठोमीठो खान दिने लोभ देखाएको कुन्ताको भनाइ छ । ‘धेरै बेरसम्म कराएपछि पुलिस आए,’ उनले भनिन् ।

पुलिसलाई सबै कुरा बताएपछि आफन्तसँग सम्पर्क गराएको कुन्ताले बताइन् । पुलिसले थाहा पाएपछि टेम्पोचालकले सडकमा छोडेर भागेको उनको भनाइ छ । प्रहरीले आफन्तकहाँ पु¥याइदिएपछि उनीहरूकै सहयोगमा नेपाल आएको बुढाले बताइन् ।

‘नेपाल आएर जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिए,’ उनले भनिन् । दलाललाई श्रीमती जिम्मा लगाउने रोकाया भने फरार रहेको इलाका प्रहरी कार्यालय दोगढीले जनाएको छ । कुन्ताका आफन्तले भने रोकायाले यसअघि पनि गाउँका चेलीबेटी भारत लगेर बेचेको आरोप लगाएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह