२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिम सेतीमा चिनियाँ कम्पनीका फेरि नयाँ सर्त

२०७४, २५ आश्विन बुधबार ०१:०५

असोज २४, काठमाडौं । चिनियाँ कम्पनीले पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजनाको संयुक्त विकास उपक्रम (जेभीए) अनुमोदन पछि फेरि नयाँ सर्त अघि सारेको छ । 

यो सम्झौताभन्दा चार वर्षपछि गत माघको पहिलो साता जेभीए भए पनि ६ महिनापछि बल्ल बोर्डबाट अनुमोदन गरेको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनले फेरि चार सर्त अघि सारेको हो । 

२०६८ फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक वर्षभित्र जेभीए गरी नेपाल विद्युत् प्राधिकरण र कर्पोरेसनले संयुक्त रुपमा कम्पनी स्थापना गर्ने उल्लेख छ तर गत माघमा मात्र प्राधिकरण र कर्पोरेसनबीच भएको थियो । जेभीएलाई दुवै प्रवद्र्धकले अनुमोदन गर्नुपर्नेमा प्राधिकरणले गत माघमै गरेको थियो भने कर्पोरेसनले हालै मात्र गरेको थियो । जेभीए अनुमोदनसँगै कर्पोरेसनले लगानी बोर्ड र विद्युत् प्राधिकरणलाई पठाएको पत्रमा पहिला भएका खर्चको पुँजीकरण, यसको महशुल नीति, स्थानीय सेयरको वित्तीय व्यवस्थापनको प्रक्रिया र ऋण लगानीका लागि ग्यारेण्टीलगायत सर्तहरू राख्दै यसमा यसमा थप स्पष्टता खोजेको छ ।

नेपाल राष्ट्र बैंकले कर्पोरेसनले हालसम्म भएको खर्च पुँजीकरण गर्ने सहमति दिएपछि संयुक्त कम्पनी स्थापना गर्ने उल्लेख रहेकोमा राष्ट्र बैकले निकालेको सूचनामा पुर्व सर्तहरू पर्याप्त नभएको भन्दै थप छलफल गर्नुपर्ने सर्त अघि सारेको छ ।

त्यसैगरी आयोजनाबाट उत्पादित विजुलीको महशुल स्पष्ट नभएको, आयोजनामा एक्जिम बैक अफ चीनले ऋण लगानी गर्न प्राधिकरण र कर्पोरेसन दुवै ग्यारेण्टी बस्नुपर्नेबारे स्पष्ट नभएको उल्लेख छ । 

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले केही कुरामा थप स्पष्ट हुनुपर्ने भन्दै कर्पोरेसनले पत्र पठाएकोले आगामी २३ देखि २५ तारिखभित्रको समय उपयुक्त हुने गरी प्रत्युत्तर पठाइएको जानकारी दिए । “कर्पोरेसनले केही कुरामा रिजर्भेसन राखेको छ, त्यो कुरामा कर्पोरेसन स्पष्ट भएमा अब हुने बैठकमा संयुक्त कम्पनी निर्माण हुन सक्छ,” उनले भने ।

संयुक्त कम्पनी स्थापना गरेर तीन वर्षअघि वित्तीय व्यवस्थापन गरी सोही वर्ष सुरु गरेर २०७६ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पश्चिम सेतीको हालसम्म संयुक्त कम्पनी निर्माण हुन सकेको छैन । संयुक्त रुपमा गठन हुने वेष्ट सेती हाइड्रोपावर डेलभमेन्ट कम्पनीमा कर्पोरेसनको ७५ र विद्युत् प्राधिकरणको २५ प्रतिशत सेयर रहने उल्लेख छ । -कारोबार दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि