१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन सम्बन्ध राख्‍न इन्कार गर्दा बलात्कारपछि हत्या

२५ आश्विन २०७४, बुधबार ०२:२८

असोज २५, काठमाडौँ । यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ ।

स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले गत बिहिबार जर्बजस्ती करणीपछि हत्या गरेका हुन्।

दुसादले बम्जनको बलात्कारपछि टाउकोमा कोदालो र घाटीमा खुर्पीले पटक पटक प्रहार गरी हत्या गरेको पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा बताए।

पक्राउ परेका दुसादले जर्बजस्ती करणीपछि हत्या गरेको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए।

गत असोज १९ गते बिहिबार दिउँसो १ बजे तिर भकारी लिप्नका लागि माटो लिन घरबाट निस्किएकी बम्जनको शव उनको घरबाट ६ सय मिटर पर रहेको स्थानीय जमुना चौधरीको ऊखु बारीमा भेटिएको थियो।

गत बिहिबार भकारी लिप्नका लागि दुई बोरा माटो ओसारि सकेर तेस्रो पटक माटो लिएर आउँदा उखुबारीमा बम्जनलाइ शौच गर्न गएका दुसादले भेटेका थिए । दुसादले यौन सम्बन्ध राख्न आग्रह गरेपछि बम्जनले अस्वीकार गर्दा दुसादले ढुङगाले उनको टाउकोमा हिर्काएपछि उनी बेहोश भएकी थिइन्। -अन्नपुर्ण पोष्ट दैनिकबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन