२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्यापारीको अपहरण – त्यसपछि प्रेमिकाको घाटी रेटेर हत्या, दुबईबाट पक्राउ

२०७४, ३० आश्विन सोमबार ०१:३०

असोज ३०, काठमाडौं । एक युवतीको सहयोग लिएर व्यापारीलाई अपहरण गरी फिरौती लिएपछि पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरी दुबईमा भागेका प्रकाश लामिछाने प्रहरीको फन्दामा परेका छन् । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले इन्टरपोलसँग समन्वय गरी दुबईबाट पक्रेर आइतबार साँझ काठमाडौं ल्याएको हो । 

भक्तपुर बागेस्वरीका लामिछानेले धादिङ घर भएकी प्रेमिका राधिकालाई प्रयोग गरी मख्खन गल्लीमा न्यू डालिज साडी र साडी संसार पसल सञ्चालन गर्ने श्यामसुन्दर अग्रवालको अपहरण गरेका थिए । राधिका अग्रवालको पसलमा काम गर्थिन् । अपहरण पछी १० लाख ७० हजार रुपैयाँ फिरौती लिएपछि पोल खुल्ने डरले लामिछानेले राधिकाको हत्या गरे त्यसपछि भक्तपुरको मुहानपोखरीमा शव फालिदिए ।

हत्या पछी लामिछाने फरार भए तर घटनामा संलग्न भएको भन्दै प्रहरीले किशोर गिरी र सरोज घोरासैनेलाई पक्राउ गर्यो । लामिछानेको योजनाअनुसार राधिकाले साहु श्यामसुन्दरलाई ‘अर्जेन्ट’ काम छ भन्दै सनसाइन होटलमा बोलाएकी थिइन् । सोही होटलको अर्को कोठामा प्रकाश लामिछानेको समूह थियो । होटलमा भेटेपछि श्यामसुन्दर र राधिका दुबैले मदिरा सेवन गरे । त्यही मौकामा लामिछानेको समूहले अपहरण गर्‍यो ।

यो समूहले श्यामसुन्दरलाई कुटपिट गर्दै हातखुट्टा बाँधिदियो र मुखमा टेप लगाइदियो । १० लाख ७० हजार फिरौती लिएपछि उनलाई त्यहीँ छाडेर चारै जना भागे ।

अपहरणमा संलग्न चारै जना बसन्तपुर पुगेर रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सरोज र किशोरले २-२ लाख पाए भने बाँकी रकम प्रेमी-प्रेमिका समेत रहेका प्रकाश लामिछाने र राधिकाले राखे ।

प्रहरीका अनुसार रकम बाँडेपछि राधिका प्रकाशकै घर गइन् । केहीबेरमा किशोर र सरोज पनि पुगे । तर, आफ्नो प्रेमिकाबाट अपहरणको पोल खुल्ने डर प्रकाश लामिछानेमा आयो ।

प्रहरी हिरासतमा रहेका किशोर गिरीले बताएअनुसार उनले प्रेमिकालाई नै मार्ने योजना बनाए । कार्टुन टेप मुखमा लगाइदिए र डोरीले हातखुट्टा बाँधेपछि प्रकाशले घाँटी थिचेर राधिकाको हत्या गरे । लगतै यो समूहले राधिकाको शव बोरामा प्याक गरेर मोटरसाइकलमा राखेर मुहानपोखरीमा खाल्डो खनेर पुर्‍यो ।

व्यापारी श्यामसुन्दर अग्रवाल फिरौती बुझाएर छुटेको खबरपछि प्रहरीले अपहरणकारीको खोजी गरेको थियो । त्यसक्रममा धादिङ घर भई कालिमाटी बस्ने २५ वर्षीया राधिकाको शव भक्तपुर मुहानपोखरीमा खाल्डोमा पुरेको अवस्थामा भेटियो । – अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल