२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागी उम्मेदवारलाई कारबाहीको तयारी, यसरी कारवाही गरिँदैछ

२०७४, ७ कार्तिक मंगलवार ०२:१७

कात्तिक ७, काठमाडौं । प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् । प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि असफल भए कारबाही गर्नेगरी मातहतका कमिटीलाई निर्देशनसमेत दिएका छन् ।

नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । एमालेले उम्मेदवारी फिर्ता लिन चेतावनी दिँदै फिर्ता नलिए आगामी दिनमा कुनै पनि जिम्मेवारी नदिने गरी कारबाहीको चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका बागी उम्मेदवारसहित उसका समर्थक र प्रस्तावसमेत पाँच वर्षका लागि निष्कासित हुने भएका छन् । ‘पार्टीबाट कसैले बागी उम्मेदवारी दिएमा उम्मेदवारसहित प्रस्तावक, समर्थक पाँच वर्षका लागि स्वतः निष्कासित हुनेछन्,’ कांग्रेस अनुशासन समिति संयोजक रमेश रिजालले भने, ‘त्यसका लागि तल्लो कमिटीले केन्द्रलाई जानकारी दिनुपर्नेछ, तर केन्द्रलाई थाहा भएको खण्डमा स्वतः निष्कासित गर्नेछ ।’

कांग्रेसले यसअघि नै बागी उम्मेदवार दिएमा सदस्यतासमेत खारेज हुनेगरी निर्णय गरेको थियो ।

नेकपा माओवादी केन्द्रले पनि वाम गठबन्धनविपरीत बागी उम्मेदवारी फिर्ता लिन आफ्ना नेता–कार्यकर्तासँग आग्रह गरेको छ । माओवादी केन्द्रले उम्मेदवारी फिर्ता नलिए कारबाहीको चेतावनीसमेत दिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने