१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागी उम्मेदवारलाई कारबाहीको तयारी, यसरी कारवाही गरिँदैछ

७ कार्तिक २०७४, मंगलवार ०२:१७

कात्तिक ७, काठमाडौं । प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् । प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि असफल भए कारबाही गर्नेगरी मातहतका कमिटीलाई निर्देशनसमेत दिएका छन् ।

नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । एमालेले उम्मेदवारी फिर्ता लिन चेतावनी दिँदै फिर्ता नलिए आगामी दिनमा कुनै पनि जिम्मेवारी नदिने गरी कारबाहीको चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका बागी उम्मेदवारसहित उसका समर्थक र प्रस्तावसमेत पाँच वर्षका लागि निष्कासित हुने भएका छन् । ‘पार्टीबाट कसैले बागी उम्मेदवारी दिएमा उम्मेदवारसहित प्रस्तावक, समर्थक पाँच वर्षका लागि स्वतः निष्कासित हुनेछन्,’ कांग्रेस अनुशासन समिति संयोजक रमेश रिजालले भने, ‘त्यसका लागि तल्लो कमिटीले केन्द्रलाई जानकारी दिनुपर्नेछ, तर केन्द्रलाई थाहा भएको खण्डमा स्वतः निष्कासित गर्नेछ ।’

कांग्रेसले यसअघि नै बागी उम्मेदवार दिएमा सदस्यतासमेत खारेज हुनेगरी निर्णय गरेको थियो ।

नेकपा माओवादी केन्द्रले पनि वाम गठबन्धनविपरीत बागी उम्मेदवारी फिर्ता लिन आफ्ना नेता–कार्यकर्तासँग आग्रह गरेको छ । माओवादी केन्द्रले उम्मेदवारी फिर्ता नलिए कारबाहीको चेतावनीसमेत दिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए