कात्तिक ७, काठमाडौं । असार मसान्तभित्र तेस्रो किस्ता बुझेर घरको छानो राखिसक्नुपर्ने समय तोकेपछि हालसम्म बाँकी रहेका साढे पाँच लाखभन्दा बढी घर निर्माण हुने स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ७, काठमाडौं । असार मसान्तभित्र तेस्रो किस्ता बुझेर घरको छानो राखिसक्नुपर्ने समय तोकेपछि हालसम्म बाँकी रहेका साढे पाँच लाखभन्दा बढी घर निर्माण हुने स"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको आठ महिनामा सबै भूकम्प पिडितले घर बनाउन सक्छन ?

२०७४, ७ कार्तिक मंगलवार ०२:२१


कात्तिक ७, काठमाडौं । असार मसान्तभित्र तेस्रो किस्ता बुझेर घरको छानो राखिसक्नुपर्ने समय तोकेपछि हालसम्म बाँकी रहेका साढे पाँच लाखभन्दा बढी घर निर्माण हुने सरकारी योजना असफल हुने तथ्यांकले देखाएको छ ।

भूकम्पबाट उठिबास लागेका घरमध्ये सरकारी सहुलियतपूर्ण ऋण तथा अनुदानबाट हालसम्म ६२ हजार एक सय ८८ घर मात्र निर्माण भएका छन् । हाल एक लाख ४७ हजार दुई सय ९२ घर निर्माण हुँदै छन् । निर्माण भएका र हुँदै गरेका घर संख्या दुई लाख नौ हजार चार सय ८० छन् । यो तथ्यांकलाई आधार मान्दा पहिलो किस्ता बुझेका ६ लाख २० हजार ६ सय ४६ निजी घरमध्ये ४ लाख ३१ हजार ३ सय ३० घर अझै निर्माणसम्म थालिएको छैन । पहिलो किस्ता नबुझेकालाई जोड्दा पाँच लाख ५८ हजार घर अझै बन्न बाँकी छन् । 

पहिलो किस्ता ५० हजार लिएपछि घर निर्माणको काम अगाडि बढाउनुपर्ने सरकारी नियम छ । पहिलो किस्ताको रकमले घरको जगको काम सकेपछि मात्र दोस्रो किस्ता लिन पाइन्छ । पहिलो किस्ता लिएर जगको काम नसकेकाले दोस्रो किस्ताका आवेदन गर्न सक्दैनन् । प्राधिकरणले घर छाना छाउने अवस्था भएपछि मात्र तेस्रो किस्ताको रकम दिने व्यवस्था गरेको छ ।

प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली आगामी असारसम्म साढे पाँच लाखभन्दा बढी घर बनाउन सम्भव नभएको बताउँछन् । उनले भने, ‘सरकार पुनर्निर्माणको विषयबाट पन्छिन खोज्दै छ । समय हुँदासम्म कानमा तेल हालेर बस्ने र समय सकिन लागेपछि जबरजस्ती घर बनाऊ भनेर मात्र बन्दैन ।’ – अन्नपूर्ण पोस्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने