कात्तिक ७, काठमाडौं । असार मसान्तभित्र तेस्रो किस्ता बुझेर घरको छानो राखिसक्नुपर्ने समय तोकेपछि हालसम्म बाँकी रहेका साढे पाँच लाखभन्दा बढी घर निर्माण हुने स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ७, काठमाडौं । असार मसान्तभित्र तेस्रो किस्ता बुझेर घरको छानो राखिसक्नुपर्ने समय तोकेपछि हालसम्म बाँकी रहेका साढे पाँच लाखभन्दा बढी घर निर्माण हुने स"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको आठ महिनामा सबै भूकम्प पिडितले घर बनाउन सक्छन ?

७ कार्तिक २०७४, मंगलवार ०२:२१


कात्तिक ७, काठमाडौं । असार मसान्तभित्र तेस्रो किस्ता बुझेर घरको छानो राखिसक्नुपर्ने समय तोकेपछि हालसम्म बाँकी रहेका साढे पाँच लाखभन्दा बढी घर निर्माण हुने सरकारी योजना असफल हुने तथ्यांकले देखाएको छ ।

भूकम्पबाट उठिबास लागेका घरमध्ये सरकारी सहुलियतपूर्ण ऋण तथा अनुदानबाट हालसम्म ६२ हजार एक सय ८८ घर मात्र निर्माण भएका छन् । हाल एक लाख ४७ हजार दुई सय ९२ घर निर्माण हुँदै छन् । निर्माण भएका र हुँदै गरेका घर संख्या दुई लाख नौ हजार चार सय ८० छन् । यो तथ्यांकलाई आधार मान्दा पहिलो किस्ता बुझेका ६ लाख २० हजार ६ सय ४६ निजी घरमध्ये ४ लाख ३१ हजार ३ सय ३० घर अझै निर्माणसम्म थालिएको छैन । पहिलो किस्ता नबुझेकालाई जोड्दा पाँच लाख ५८ हजार घर अझै बन्न बाँकी छन् । 

पहिलो किस्ता ५० हजार लिएपछि घर निर्माणको काम अगाडि बढाउनुपर्ने सरकारी नियम छ । पहिलो किस्ताको रकमले घरको जगको काम सकेपछि मात्र दोस्रो किस्ता लिन पाइन्छ । पहिलो किस्ता लिएर जगको काम नसकेकाले दोस्रो किस्ताका आवेदन गर्न सक्दैनन् । प्राधिकरणले घर छाना छाउने अवस्था भएपछि मात्र तेस्रो किस्ताको रकम दिने व्यवस्था गरेको छ ।

प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली आगामी असारसम्म साढे पाँच लाखभन्दा बढी घर बनाउन सम्भव नभएको बताउँछन् । उनले भने, ‘सरकार पुनर्निर्माणको विषयबाट पन्छिन खोज्दै छ । समय हुँदासम्म कानमा तेल हालेर बस्ने र समय सकिन लागेपछि जबरजस्ती घर बनाऊ भनेर मात्र बन्दैन ।’ – अन्नपूर्ण पोस्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए