२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातारात रोकियो नेताको छोरीको विवाह: मध्यरातमै फर्के भारतबाट आएका तीन सय जन्ती

२०७४, ८ कार्तिक बुधबार ०२:५५

कात्तिक ८, सिराहा | बेहुलीको घरमा निकै चहल पहल तथा भिडभाड थियो। सबै आफन्त विवाह घरमा जम्मा भएका थिए। विवाहका लागि चाहिने सबै सामान तयार पारिएको थियो। जन्ती पनि आइसकेका थिए। जब ‘निकाह' सुरु हुन लाग्यो अनि त्यहाँ पुग्यो प्रहरीको टोली। बेहुलीको उमेर नपुगेका कारण विवाह रोक्न लगायो। हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने ‘स्वयंबर'लाई मुस्लिम समुदायमा ‘निकाह' भनिन्छ। 

सोमबार राति सिरहाको लहान नगरपालिका ६ मा यस्तै भएको हो। स्थानीय सबिला खातुन विवाह गर्न सजिएकी थिइन्। सबिलालाई लिनका लागि भारत मधुवनी जिल्ला पदमा ग्रामबाट मो. आशिफ एकवाल जन्ती लिएर आइ पुगेका थिए। तर बेहुलीको उमेर नपुगेर विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न लगाएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए।

३ सय जन्ती

डिएसपी सुवेदी भन्छन्- ‘बाल विवाह हुन लागेको मलाई सूचना अयो, त्यसपछि विवाहस्थल पुगेर बेहुला र बेहुली पक्षलाई विवाह नगर्न आग्रह गरे, उनीहरुबीच विवाह नगर्ने कुरामा सहमत भयो, त्यसपछि बेहुला जन्ती लिएर राति नै फर्कियो।' बेहुलाले दर्जनौं गाडीमा करिब ३ सय जति जन्ती लिएका आएका थिए- उनले भने।

चेतनाको अभाव

डिएसपी सुवेदीका अनुसार बेहुली बन्न लागेकी सबिला मदरसामा पढ्छिन्। उनको उमेर १४ बर्ष हो। बेहुला एकवालको उमेर अन्दाजी २९-३० बर्षको थियो। उनले भने- ‘केटा र केटीको उमेरमा पनि धेरै अन्तर छ, तरपनि कसरी विवाह गर्न सहमत भएका थिए दुबै पक्ष।' दुबै पक्षको कुरा सुन्दा चेतनाको अभाव देखिएको उनको भनाइ छ।

१० लाखभन्दा बढी खर्च

विवाह नभएपनि बेहुला पक्षको खर्च भने करिब १० लाखभन्दा माथि भएको स्थानीय बताउँछन्। जन्तीको खाना, विवाहका सामान, घरमा सजाबट र दहेज लगायतमा करिब १० लाखभन्दा बढी खर्च भएको स्थानीयको अनुमान छ। तर सबिलाका बुवा मो. ताहिरले करिब २ लाख मात्र खर्च भएको बताएका छन्। उनका अनुसार जन्तीलाई खुवाउन र सजाबट मात्र भएको भयो। विवाहका सामानहरु बर्बाद भएको छ।

आमा बुवा राजनीतिमा

सबिलाकी आमा अमिना खातुन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ हुन्। उनी स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाका लागि राप्रपा पार्टीबाट उपमेयरकी उम्मेदवार बनेकी थिइन्। तर पराजित भइन्। सबिलाका बुवा मो. ताहिर पनि दोस्रो संविधानसभाका चुनावमा सिरहा क्षेत्र नम्बर १ बाट नेपाल लोकतान्त्रिक पार्टीबाट सांसदका उम्मेवार बनेका थिए। उनी जग्गा कारोबार पनि गर्छन्। – अन्नपूर्ण पोस्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने