१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातारात रोकियो नेताको छोरीको विवाह: मध्यरातमै फर्के भारतबाट आएका तीन सय जन्ती

८ कार्तिक २०७४, बुधबार ०२:५५

कात्तिक ८, सिराहा | बेहुलीको घरमा निकै चहल पहल तथा भिडभाड थियो। सबै आफन्त विवाह घरमा जम्मा भएका थिए। विवाहका लागि चाहिने सबै सामान तयार पारिएको थियो। जन्ती पनि आइसकेका थिए। जब ‘निकाह' सुरु हुन लाग्यो अनि त्यहाँ पुग्यो प्रहरीको टोली। बेहुलीको उमेर नपुगेका कारण विवाह रोक्न लगायो। हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने ‘स्वयंबर'लाई मुस्लिम समुदायमा ‘निकाह' भनिन्छ। 

सोमबार राति सिरहाको लहान नगरपालिका ६ मा यस्तै भएको हो। स्थानीय सबिला खातुन विवाह गर्न सजिएकी थिइन्। सबिलालाई लिनका लागि भारत मधुवनी जिल्ला पदमा ग्रामबाट मो. आशिफ एकवाल जन्ती लिएर आइ पुगेका थिए। तर बेहुलीको उमेर नपुगेर विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न लगाएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए।

३ सय जन्ती

डिएसपी सुवेदी भन्छन्- ‘बाल विवाह हुन लागेको मलाई सूचना अयो, त्यसपछि विवाहस्थल पुगेर बेहुला र बेहुली पक्षलाई विवाह नगर्न आग्रह गरे, उनीहरुबीच विवाह नगर्ने कुरामा सहमत भयो, त्यसपछि बेहुला जन्ती लिएर राति नै फर्कियो।' बेहुलाले दर्जनौं गाडीमा करिब ३ सय जति जन्ती लिएका आएका थिए- उनले भने।

चेतनाको अभाव

डिएसपी सुवेदीका अनुसार बेहुली बन्न लागेकी सबिला मदरसामा पढ्छिन्। उनको उमेर १४ बर्ष हो। बेहुला एकवालको उमेर अन्दाजी २९-३० बर्षको थियो। उनले भने- ‘केटा र केटीको उमेरमा पनि धेरै अन्तर छ, तरपनि कसरी विवाह गर्न सहमत भएका थिए दुबै पक्ष।' दुबै पक्षको कुरा सुन्दा चेतनाको अभाव देखिएको उनको भनाइ छ।

१० लाखभन्दा बढी खर्च

विवाह नभएपनि बेहुला पक्षको खर्च भने करिब १० लाखभन्दा माथि भएको स्थानीय बताउँछन्। जन्तीको खाना, विवाहका सामान, घरमा सजाबट र दहेज लगायतमा करिब १० लाखभन्दा बढी खर्च भएको स्थानीयको अनुमान छ। तर सबिलाका बुवा मो. ताहिरले करिब २ लाख मात्र खर्च भएको बताएका छन्। उनका अनुसार जन्तीलाई खुवाउन र सजाबट मात्र भएको भयो। विवाहका सामानहरु बर्बाद भएको छ।

आमा बुवा राजनीतिमा

सबिलाकी आमा अमिना खातुन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ हुन्। उनी स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाका लागि राप्रपा पार्टीबाट उपमेयरकी उम्मेदवार बनेकी थिइन्। तर पराजित भइन्। सबिलाका बुवा मो. ताहिर पनि दोस्रो संविधानसभाका चुनावमा सिरहा क्षेत्र नम्बर १ बाट नेपाल लोकतान्त्रिक पार्टीबाट सांसदका उम्मेवार बनेका थिए। उनी जग्गा कारोबार पनि गर्छन्। – अन्नपूर्ण पोस्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए