2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महरा र पोखरेलले एउटै क्षेत्र रोजेपछि…

कत्तिक ९, दाङ । माओवादी केन्द्र र एमालेका दुई प्रभावशाली नेताले दाङको एउटै क्षेत्र दाबी गरेपछि वाम गठबन्धनलाई तालमेल मिलाउन सकस परेको छ । 

प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलले दाङको २ नम्बर क्षेत्र रोजेका हुन्। जिल्ला सदरमुकामसहितको महत्त्वपूर्ण क्षेत्र भएकाले दुवै नेता छाड्न चाहँदैनन् । 

महरा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र पोखरेल एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिन्छन्। नेतृत्वको पहुँचमा रहेका दुई प्रभावशाली नेतामध्ये कसले यो क्षेत्रमा टिकट पाउँछन् भन्नेबारे दिनहुँ बहस हुने गरेको छ । चिया गफमा समेत महरा र पोखरेल नै विषय बनिरहेका छन् ।

जिल्लामा संघ (प्रतिनिधिसभा) का लागि तीन निर्वाचन क्षेत्र भए पनि १ र ३ नम्बरमा जान दुवै जना मानिरहेका छैनन् । आफूले २ नं. क्षेत्रलाई नै मुख्य प्राथमिकता दिएको महराले बताए । ‘मेरो दाबी २ नम्बरमै हो,’ उनले भने, ‘अहिलेसम्म केही टुंगिएको छैन। पार्टीले टिकट दिए त्यहींबाट लड्ने हो। बाँकी कुरा उम्मेदवार टुंगिएपछि हुन्छ ।’

पोखरेलले पनि २ नम्बरमै रुचि भए पनि निर्णय नहुँदै केही भन्न नसकिने बताए। ‘अहिले वाम गठबन्धनका सबै उम्मेदवार टुंग्याउने, चुनावी घोषणापत्र र रणनीति बनाउने काममा व्यस्त छौं,’ उनले भने, ‘रुचि २ नम्बरमै भए पनि गठबन्धनको निर्णयबमोजिम अघि बढ्नुपर्ने हुन्छ । 

पार्टीका सबै नेता–कार्यकर्ताले आफ्नै नेता उठिदिए हुन्थ्यो भन्ने चाहना देखाउनु स्वाभाविक हो । तर कुरा नटुंगिँदै बहस गर्नु अलि उचित हुँदैन होला।’ कात्तिक १० सम्म उम्मेदवार टुंगिने र त्यसपछि सबै स्पष्ट हुने उनले बताए ।

जिल्लाका प्रभावशाली नेता भएका कारण महरा र पोखरेल दुवै दाङको विकासका लागि सांसद हुन आवश्यक रहेको अधिकांशको बुझाइ छ। वामपन्थीको चुनावी तालमेलअघि पनि दुवै जना एउटै क्षेत्रबाट लड्न नहुने सुझाव धेरैको थियो । 

अहिले दुवैले आफूले रोजेको क्षेत्र पार्न तीव्र लबिइङ गरिरहेका छन् । दुवै जनाले पहिलेदेखि नै यही क्षेत्रमा तयारी गरेका कारण नयाँ क्षेत्रमा जान नचाहेको निकटस्थहरू बताउँछन्।

स्थानीय तहको निर्वाचनमा पोखरेल लामो समय यही क्षेत्रमा बसेर निर्वाचन परिचालनमा खटिएका थिए । स्थानीय तहमा जिल्लाका दुई उपमहानगरपालिका घोराही र तुलसीपुरमा एमालेले जितेका कारण पनि पोखरेल सुरुदेखि उत्साहित थिए। २ नं. क्षेत्रमा घोराही उपमहानगरपालिकाका साथै तुलसीपुरको महत्त्वपूर्ण भाग पर्ने भएकाले आफूले जित्ने आकलन गरेकाले नै पोखरेल सजिलै छाड्ने मनस्थितिमा देखिँदैनन् ।

यता, गठबन्धनमा महरालाई यो क्षेत्र दिएर पोखरेललाई पार्टी महासचिव र प्रदेशको मुख्यमन्त्री या राष्ट्रिय सभाको अध्यक्ष दिने गरी मिलाउने छलफल चलिरहेको चर्चा पनि छ ।

पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी महरा पनि आफूले टिकट पाए जित्नेमा ढुक्क छन्। महराले भविष्य हेरेर नै यो क्षेत्रको विकास निर्माणमा ध्यान दिएको, बजेट विनियोजनमा समेत प्राथमिकता दिने गरेको चर्चा पनि गरिँदै छ । 

रोल्पा छाडेपछि महराले दाङलाई नै मुख्य आधार क्षेत्र मान्दै आएका छन्। त्यसमा घोराही क्षेत्र बढी सहज र अनुकूल भएका कारण उनले अन्य क्षेत्रमा जान इच्छा नभएको बताएका छन्।

पहिलो संविधानसभा निर्वाचनबाहेक सबै चुनाव महराले रोल्पाबाटै लडेका थिए । यसपालि पनि रोल्पा जान सक्ने चर्चा थियो तर वर्षमान पुनको उम्मेदवारी दर्ता भइसकेकाले त्यो विकल्प अन्त्य भएको छ । 

उनी अब दाङबाहेक अन्य क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्ने मनस्थितिमा देखिँदैनन् । पोखरेल पनि आफ्नो गृहक्षेत्र बिजौरी गाउँसमेत पर्ने २ नं. क्षेत्रबाटै टिकट पाउन बढी इच्छुक छन्। १ र ३ नं. क्षेत्र क्रमश: कांग्रेस नेता खुमबहादुर खडका र दीपक गिरीको प्रभाव क्षेत्र रहेकाले उनीहरूको रोजाइमा नपरेका हुन्।

२०४८ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट सांसद बनेका महरा ०७० को संविधानसभामा पनि रोल्पा १ बाटै निर्वाचित भए। पहिलो संविधानसभा निर्वाचनमा भने उनी दाङ क्षेत्र नं ३ बाट विजयी भएका थिए। त्यसयता उनी दाङमा पनि रुचाइएका नेतामा गनिन्छन्। पोखरेल त निरन्तर दाङबाटै निर्वाचन लडदै आएका छन् । 

०५१ को संसदीय निर्वाचनमा उनी क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। ०५६ को संसदीय निर्वाचनमा ३ नं. मै पराजित भए। पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद भएका उनी दोस्रोमा दाङ क्षेत्र नं. ४ बाट पराजित भएका थिए । यसअघि निर्वाचन लडेका ३ र ४ नं. क्षेत्र अहिलेको २ नं. मा पर्छन्। जसका कारण उनले त्यही क्षेत्र दाबी गरिरहेका हुन् । यो खबर दुर्गालाल केसीले आजको कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ