२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन मन्त्रालयमा मन्त्री-राज्यमन्त्रीबीच विवाद

२०७४, ९ कार्तिक बिहीबार ०१:५२

कत्तिक ९, काठमाडौँ । वन मन्त्रालयमा मन्त्री विक्रम पाण्डे र राज्यमन्त्री कमलादेवी शर्माबीच जिम्मेवारी बाँडफाँटको विषयमा विवाद भएको छ । दुवै नेता राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री बनेका हुन्। 

यो खबर अब्दुल्लाह मियाँले आजको कान्तिपुरमा लेखेका छन्। राज्यमन्त्री शर्मा आफूलाई विगतका राज्यमन्त्रीलाई जस्तो हैसियतअनुसारको जिम्मेवारी नदिइएको भन्दै राज्यमन्त्री शर्मा मन्त्री पाण्डेसँग असन्तुष्ट छिन्। ‘दुई/तीनपटक जिम्मेवारी चाहियो भनेर मन्त्रीज्यूसँग भनेकी हुँ,’ राज्यमन्त्री शर्माले भनिन्, ‘विगतका राज्यमन्त्रीले पाएजस्तो हैसियतअनुसारको जिम्मेवारी मैले पाएकी छैन, पाउनुपर्छ भन्ने मेरो भनाइ हो।’

वन मन्त्रालयमा वन, राष्ट्रिय निकुञ्ज, वनस्पति, भूसंरक्षण र वन अनुसन्धान गरी ५ वटा विभाग छन्। यी विभागबाहेक वैदेशिक सहयोग भित्रिने ‘रेड कार्यान्वयन केन्द्र’, काठ बिक्रीमा चलखेल हुने टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन), जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, वन पैदावार विकास समिति, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लगायत वनअन्तर्गत पर्छन्।

तीमध्ये हैसियतवाला र शक्तिशाली मानिने वन, निकुञ्ज र भूसंरक्षण विभागका साथै चलखेल गर्न पाइने निकाय सबै मन्त्री पाण्डेले आफूले राखेर राज्यमन्त्रीलाई ‘कामचलाउ’ विभागको मात्र जिम्मेवारी दिएको राज्यमन्त्री निकट स्रोतले बतायो। विगतमा मन्त्री र राज्यमन्त्रीले ५ वटा विभाग बाँडफाँट गर्दै काम गर्ने गरेको स्रोतको भनाइ छ।

यसपटक राज्यमन्त्रीलाई वनस्पति र वन अनुसन्धान विभाग हेर्ने जिम्मेवारी दिइएको छ। दुवै विभाग तुलनात्मक रूपमा कम प्रभाव र काठमाडौं बाहिर ‘कनेक्सन’ कम रहने खालका हुन्। तिनै विभागसँग सम्बन्धित निर्णय पनि मन्त्रीसँग राय लिएर मात्र गर्नुपर्ने व्यवस्थाप्रति राज्यमन्त्रीको मुख्य असन्तुष्टि हो। ‘राज्यमन्त्रीलाई कुनै काम गर्नै नसक्ने खालको जिम्मेवारी दिइएको छ,’ राज्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘मन्त्रीज्यूसँग राय लिएर मात्र केही गर्नुपर्ने व्यवस्थाप्रति राज्यमन्त्रीज्यूको मुख्य असन्तुष्टि छ।’

यसअघिका वनमन्त्रीले दिनेजस्तो जिम्मेवारी राज्यमन्त्रीलाई नदिएको हुँदा पाण्डे र शर्माबीच असन्तुष्टि बढेको वन स्रोतले कान्तिपुरलाई बतायो। पाण्डेभन्दा अघिका वनमन्त्री शंकर भण्डारीले तत्कालीन राज्यमन्त्री दीर्घराज भाटलाई भूसंरक्षण विभागसहित वनस्पति विभाग, रेड कार्यान्वयन केन्द्र, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलगायत हेर्ने गरी अधिकार प्रत्यायोजन गरेका थिए। त्यसअघिका वनमन्त्रीले पनि सम्मानजनक जिम्मेवारी दिने गरेको आधार पेस गर्दै राज्यमन्त्री शर्माले पाण्डेसँग जिम्मेवारी मागेको उनको सचिवालयले जनाएको छ। मन्त्री पाण्डेका स्वकीय सचिव प्रेम बलायरले भने राज्यमन्त्रीले पाउनुपर्ने जिम्मेवारी पाएको दाबी गरे।

मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख ज्ञानेन्द्र पौडेलले पनि मन्त्रीले राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन गरेको बताए। ‘अरू मन्त्रीले राज्यमन्त्रीलाई काम दिएजस्तो लाग्दैन,’ उनले भने, ‘हाम्रो मन्त्रीले यो यो काम गर्नुहोला भनेर लेखेरै दिनुभएको छ।’ राज्यमन्त्री शर्माले तत्कालीन वनमन्त्री मुहम्मद वकिल मुसलमानको स्वकीय सचिव रहेका शिव अर्याललाई नै त्यही जिम्मेवारी दिएकी छन्।

मन्त्रालयका अधिकारीले तिनै अर्यालले जिम्मेवारीका विषयमा ‘राज्यमन्त्रीलाई अनावश्यक उचालेको’ हुन सक्ने बताए। अर्यालले भने आफू राज्यमन्त्री शर्माको सहयोगी मात्र भएको बताउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने