२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा १५ उम्मेदवार प्रतिस्पर्धी, को-को छन ? (नामावलीसहित)

९ कार्तिक २०७४, बिहीबार ०३:१८

कात्तिक ९, दार्चुला । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा १५ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । 

जिल्लामा कसैकोपनि उम्मेदवारी फिर्ता नभएपछि बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरको हो। कार्यालयले उम्मेदवारलाई बुधबार नै निर्वाचन चिह्न प्रदान गरेको मुख्य निर्वाचन अधिकृतले जनाएका छन् । 

आइतबार भएको मनोनयन दर्तामा यहाबाट १५ जनालेउम्मेदवारी दिएका थिए । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले संयुक्त रूपमा प्रतिनिधिसभाका लागि एमालेका गणेशसिंह ठगुन्ना र प्रदेशका लागि कबाट ग्याल्बुसिंह बोहरा (एमाले) र खबाट माओवादी केन्द्रका मानबहादुर धामीलाई उम्मेदवार बनाएको छ । 

त्यस्तै कांग्रेसले प्रतिनिधिसभामा विक्रमसिंह धामीलाई उठाएको छ । प्रदेशसभामा भने क क्षेत्रबाट मदन गिरी र खबाट जगदीशबहादुर पालको उम्मेदवारी दर्ता भएकोमुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ ।

नया“ शक्ति नेपाल पार्टीबाट जितेन्द्रसिंह महरले प्रतिनिधिसभा तथा प्रदेशका लागि क्षत्र कबाट नन्दनसिंह महर र क्षेत्र खबाट बहादुरसिंह ठगुन्ना उम्मेदवार बनेका छन् । 

जनसमाजवादी पार्टीबाट प्रदेश क क्षेत्रमा मनोज दमाई र खमा हरिभानसिंह ठगुन्ना उम्मेदवार बनेका छन् । राष्ट्रिय जनमोर्चाका मनवीर दमाई प्रतिनिधिसभा र प्रदेशका लागि क क्ष्ँेत्रबाट मात्र मदन दमाईको उम्मेदवारी छ । 

प्रतिनिधिसभाका लागि स्वतन्त्रमा रघुवीरसिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनसमाजवादी पार्टीका उम्मेदवार एमालेमा जनसमाजवादी पार्टी नेपालका प्रतिनिधि उम्मेदवार धनबहादुर कु“वर बुधबार पत्रकार सम्मेलन गरी एमाले प्रवेश गरका छन् ।

स्थानीय तह चुनावमा टिकट नपाएपछि एमालेछाडेका कु“वर पुनः पार्टीमा फर्किएका हुन् । पार्टीले टिकट नदिए पनि उनी दुहु गाउ“पालिकामा स्वतन्त्रबाट अध्यक्षमा उठेका थिए । 

उतिबेला जिल्ला कमिटीले पार्टी निर्देशनविपरीत स्थानीय तहमा उम्मेदवार बनाएपछि पत्रकार सम्मेलन गररे एमाले छाडेका थिए । -कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला