२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा केन्द्रीय नेताको प्रतिस्पर्धा रोचक बन्ने

२०७४, १२ कार्तिक आईतवार ०३:०६

कात्तिक १२, गुल्मी | प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीबाट विभिन्न पार्टीका केन्द्रीय नेता निर्वाचन प्रतिस्पर्धामा छन् । एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, माओवादीका युवा नेता चन्द्रबहादुर थापालगायतका नेता उम्मेदवार बन्ने सम्भावना छ 

गत स्थानीय तहको मतलाई आधार मानेर हेर्दा वाम गठबन्धन बलियो देखिएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन् भने प्रदेशस भाका लागि चार क्षेत्र छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को (क)मा कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु गाउँपालिकाको वडा नम्बर २, ५ र ६ समावेश गरिएको छ । यस क्षेत्रमा वाम गठबन्धनको २० हजार चार सय ६३ मत छ । कांग्रेसको १४ हजार सात सय पाँच र अन्य दलको एक सय २३ मत रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ को (ख) रुरु गाउँपालिका वडा नम्बर १, ३ र ४ सहित छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुंगा नगरपालिकाको वडा नम्बर ७ देखि १४ सम्म राखिएको छ । यस क्षेत्रमा वाम गठबन्धनले २२ हजार चार सय १६, कांग्रेसले १५ हजार एक सय ९४ र अन्य दलले एक सय ९५ मत ल्याएका छन् ।

उता क्षेत्र नम्बर २ को प्रदेश (क)मा रेसुंगा नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका समावेश गरिएको छ । यहाँ वाम गठबन्धनले १५ हजार आठ सय ७७, कांग्रेसले १२ हजार १५ र अन्य दलले एक सय ६१ मत प्राप्त गरेका छन् । यस क्षेत्रको (ख)मा धुर्कोट, मदाने र मालिका गाउँपालिका छन् । गत स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले २० हजार आठ सय ९५ र कांग्रेसले ११ हजार तीन सय २३ मत पाए ।

जिल्लामा ०५१ सालदेखि नै वामपन्थी अगाडि छन् । ०५१ र ५६ सालमा गुल्मीका तीनवटै निर्वाचन क्षेत्र एमालेले जितेको थियो । ०६४ सालको निर्वाचनमा दुईवटा क्षेत्र माओवादी र एउटा क्षेत्र एमालेले जितेको थियो । ०७० सालमा कांग्रेसले दुई क्षेत्र र एमालेले एउटा क्षेत्रमा विजयी हासिल गरेका थिए ।

गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ र क्षेत्र नम्बर २ मा ९० हजार नौ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीले बताए । गत स्थानीय तहको निर्वाचनमा एक लाख ८० हजार सात सय ७५ मतदाता थिए । -  टोपलाल अर्याल, गुल्मी -नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने