१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सेली युवतीको पासपोर्टमा अर्कै व्यक्ति उडेपछि…

१३ कार्तिक २०७४, सोमबार ०१:४०

कात्तिक १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको छ । 

पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी ऐनीको राहदानीमा भदौ २३ गते अर्कै व्यक्ति उडेकी हुन् । अर्काको राहदानीमा उड्ने अनुमति विमानस्थलस्थित अध्यागमनका कर्मचारीले कसरी दिए, खोजीको विषय बनेको छ। यो खबर शम्भु कट्टेलले आजको अन्नपूर्णमा लेखेका छन् ।

फ्लोरेन्स राहदानी हराएको भन्दै नेपालस्थित फ्रान्सेली दूतावासबाट जारी भएको राहदानीमा भिसा ट्रान्सफर गर्न अध्यागमन पुग्दा उनको राहदानीमा अर्कै व्यक्ति उडेको खुलासा भएको हो। त्यसलगत्तै अध्यागमन विभागले विमानस्थलस्थित अध्यागमन कार्यालयमा खबर गरेको थियो । फ्लोरेन्सको राहदानीमा अर्कै व्यक्तिलाई उडाउन सघाउ पुर्‍याएको आशंकामा विमानस्थल अध्यागमनका एक अधिकृतलाई विभागमा फिर्ता बोलाइएको छ ।

अध्यागमन विभागको सूचना अधिकारीसमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए । निर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘अर्काको राहदानीमा डिपार्चर दिने कर्मचारीमाथि समेत छानबिन भइरहेको छ। प्रहरी र अध्यागमन दुवै निकायले अनुसन्धान गरिरहेको छ ।’

विमानस्थलमा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली नहुँदा फ्रान्सेली युवतीको राहदानीमा अवैध व्यक्ति उड्न सफल भएको अधिकारीहरू बताउँछन्। फ्लोरेन्स इन्डोनेसियामा व्यापार गरेर बस्दै आएकी छन् । 

उनको राहदानीमा उड्ने व्यक्तिबारे अध्यागमन कर्मचारीलाई थाहा छैन। तर, यसबीच फ्लोरेन्सले समेत नेपाल छाडिसकेकी छन् । पर्यटक भिसामा आएकी उनी कपन गुम्बामा मेडिटेसन गर्न बसेकी थिइन्। त्यहीँबाट उनको राहदानी भएको झोला हराएको प्रहरीमा उजुरी परेको थियो ।

राहदानी रहेको झोला हराएपछि फ्लोरेन्सले महानगरीय प्रहरी वृत्त बौद्ध र प्रदर्शनीमार्गस्थित पर्यटक प्रहरीमा उजुरी गरेकी थिइन्। गुम्बामा मेडिटेसन गर्ने क्रममा उनी लिथुनियाकी एक युवतीसँग बसेकी थिइन् । केही दिन सँगै बसेकी लिथुनियाकी ती युवतीले फ्लोरेन्सको राहदानी दुरुपयोग गरेको हुन सक्ने आशंका गरे पनि अध्यागमन र प्रहरी अधिकारीले त्यसबारे प्रमाण जुटाउन सकेका छैनन् । 

‘यो वा त्यो वहानामा कर्मचारीमाथि कारबाही गर्नुभन्दा प्रविधिलाई बलियो बनाउनुपर्‍यो,’ विमानस्थलस्थित अध्यागमनका एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘न प्रविधि बलियो छ न त कर्मचारीलाई कुनै तालिम । कर्मचारीलाई निशाना मात्र बनाएर हुँदैन, गृह मन्त्रालय नै अध्यागमनको स्तरोन्नतिमा उदासीन छ ।’

अध्यागमन विभागले पर्याप्त अनुसन्धानविनै ती फ्रान्सेली युवतीलाई असोज १३ गते शुक्रबार जाने अनुमति दिएको स्रोतले बताएको छ। फ्लोरेन्सको राहदानीबाट अर्कै व्यक्ति उडेको खुलासा भएपछि विमानस्थलमा खटिएका अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । त्यसैगरी, अर्काको राहदानी लिएर यात्रा गर्ने व्यक्तिलाई बोर्डिङ पास दिने एयरलाइन्सका कर्मचारीको भूमिका शंकास्पद देखिएको छ ।

विमानस्थल अध्यागमन कार्यालयमा भएको यो घटना पहिलो भने होइन। पुसमा समेत एक भियतनामी युवतीको राहदानीमा अर्कै युवती उडेकी थिइन् । अध्यागमनका अधिकारीले भियतनामी युवती लेथी किमतुको राहदानीमा को उड्यो भन्ने विषय पत्ता लगाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर