२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लिभिङ टुगेदर’ जोडीको भर आई–पिल चक्कीमा: स्कुल र कलेजका छात्रा बढी

२०७४, १३ कार्तिक सोमबार ०४:२४

कात्तिक १३, काठमाडौँ । ‘लिभिङ टुगेदर’मा रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) मा निर्भर हुने गरेका पाइएको छ । 

उनीहरूमा एउटै चाहना हुने गरेको छ– नियमित यौनसम्पर्क पनि गर्न पाइयोस्, अनिच्छुक गर्भ पनि नबसोस् ।’ असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउछन् ।

स्कुल र कलेजका छात्रा बढी

‘पछिल्लो समय ७२ घण्टे चक्की (आई–पिल) व्यापक दुरुपयोग भएको पाइएको छ,’ हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टर जडीबुटीकी मेडिकल निर्देशक एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मेनु आचार्य भन्छिन्, ‘यो चक्की प्रयोग गर्नेमा स्कुल र कलेजका छात्रा बढी पाइएको छ ।’

पोर्नोग्राफीको असर

सामाजिक सञ्जाल फेसबुक र युट्युबमा सजिलै हेर्न पाइने अश्लील चलचित्र (पोर्नाेग्राफी) का कारण पनि विपरीत लिंगीबीच असुरक्षित यौनसम्बन्ध राख्ने क्रममा वृद्धि भइरहेको छ ।

नकारात्मक असर

हतार र असुरक्षित यौनसम्बन्धबाट बस्न सक्ने अनिच्छुक र अवैध गर्भ रोक्न एकै जनाले दुई दिनभित्र चारवटासम्म आई–पिल चक्की प्रयोग गर्ने गरेको पाइएको डा. आचार्य बताउँछिन् । ‘एउटामात्रै खानुपर्ने चक्की एकै व्यक्तिले चारवटासम्म खानु एकदमै हानिकारक हो,’ उनी भन्छिन्, ‘एकैपटक चारवटासम्म खाँदा यसले दीर्घकालीन रूपमा नकारात्मक असर पार्छ ।’

चक्की कसरी सेवन गर्ने ?

स्वास्थ्यकर्मी या चिकित्सकको परामर्शबिना यो चक्की प्रयोग नगर्न विशेषज्ञको सुझाव छ । असुरक्षित यौन सम्बन्धको शंका लागेमा ७२ घण्टाभित्र एकमात्र चक्की खाँदा महिनावारी नियमित हुने डा. आचार्य बताउँछिन् । ‘यसले पुरुषको शुक्रकीट र महिलाको डिम्बबीच मेल हुन दिँदैन,’ उनले भने, ‘पाठेघरमा गर्भ बस्दैन, त्यसैले आत्तिनु पर्दैन ।’

आई–पिल दुरुपयोगले भविष्यमा विवाहपछि उनीहरूमा बाँझोपन वा बच्चा जन्मिए पनि शारीरिक अपांगता जन्मिन सक्ने विशेषज्ञ बताउँछन् ।

महिलामा बाँझोपन

विशेषज्ञको परामर्शबिना परिवार नियोजनका अस्थायी या स्थायी साधन प्रयोग गरिँदा गर्भधारण गर्ने उमेरका ५ देखि ७ प्रतिशत महिलामा बाँझोपन पाइएको नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्याल बताउँछन् । 

उनका अनुसार आई–पिल चक्की परिवार नियोजनको अस्थायी साधन निलोकन चक्कीजस्तो नभएको र यसको दुरुपयोगले महिलाको प्रजनन हर्माेनमा प्रत्यक्ष असर गर्छ । ‘एउटा आई–पिल चक्कीको क्षमता आठवटा निलोकन चक्कीबराबर हो,’ उनले भने । -राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने