१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको घोषणापत्र तयार : यस्ता छन् मुख्य प्रतिबद्धता

१४ कार्तिक २०७४, मंगलवार ०२:०६

कात्तिक १४, काठमाडौँ | कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गरेको छ । ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नारासहित तयार गरिएको ८४ पृष्ठको घोषणापत्र मंगलबार सार्वजनिक गरिँदै छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिने प्रचारप्रसार समिति संयोजक बालकृष्ण खाणले बताए । कांग्रेस ०७० को संविधानसभा निर्वाचनमा पनि यही नारासहितको घोषणापत्र लिएर जनतामाझ गएको थियो ।

अहिलेसम्म गरेका कामको फेहरिस्त

घोषणापत्रमा २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि कांग्रेसले गरेका विकासका फेरिहस्त समेटिएको छ । यस अवधिमा कालोपत्र सडक, उच्च शिक्षा लिने विद्यार्थीको संख्या, स्वास्थ्य चौकी र शौचालय, सडक, विद्युत्, पुल र वित्तीय संस्थाहरूको उल्लेख्य मात्रामा विकास भएको उल्लेख छ । घोषणापत्रमा विद्यालय र क्याम्पसहरूको संख्या बढेको र उच्च शिक्षा अध्ययनका लागि सहज भएको जनाइएको छ । कांग्रेसको उदारवादी नीतिका कारण त्यो सम्भव भएको दलिल घोषणापत्रमा गरिएको छ । त्यस्तै, बालमृत्युदर घटेको, विद्युत् क्षमता बढेको, कांग्रेस सरकारको नेतृत्वमा पुगेका वेला गरेको पहलका कारण दुई करोड ७८ लाख ५० हजार बढी मोबाइल फोन प्रयोगमा आएको उल्लेख छ ।

कांग्रेसको परिकल्पनामा १० वर्षपछिको नेपाल

घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि र लक्ष्य : अबको १० वर्षमा नेपाल’ भन्ने शीर्षकमा १० वर्षमा कांग्रेसले नेपाललाई कस्तो बनाउन चाहेको छ भन्ने तथ्य उल्लेख गरेको छ । राष्ट्रिय पुनर्जागरणको युग सुरु भएको भन्दै आर्थिक उन्नति र विकासलाई प्राथमिकता दिएको छ । २० बुँदामा समेटिएको भिजनमा काठमाडौं–मधेस एक्सप्रेस हाइवे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना समेटिएका छन् ।

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने, प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा आश्रम बनाउने र उनीहरूलाई आवास, भोजनलगायतका सबै सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । त्यस्तै, नेपाली समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन अख्तियार, सतर्कता केन्द्रलाई प्रभावकारी बनाई सामाजिक–राजनीतिक अभियान चलाउने संकल्प कांग्रेसले गरेको छ । राजनीतिक भागबन्डाका आधारमा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने प्रचलन रोक्ने प्रतिबद्धता कांग्रेसको छ ।

कांग्रेसको परराष्ट्र नीति

– पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, राष्ट्रिय हित एवं सुरक्षा, विश्व शान्ति, अन्तर्राष्ट्रिय कानुन, लोकतन्त्र र मानवअधिकार परराष्ट्र सम्बन्धका मूल आधार रहनेछन् ।

– नेपाललाई अन्तर्राष्ट्रिय समुदायबीच एक सक्षम, सम्मानित एवं प्रतिष्ठित सदस्य तथा विश्व शान्ति र समृद्धिमा योगदान गर्ने राष्ट्रका रूपमा स्थापित गरिनेछ । विश्वमा देखिएको समस्याहरूको शान्तिपूर्ण समाधानका लागि संवाद र कूटनीतिलाई जोड दिँदै विश्व शान्ति स्थापना कार्यमा नेपालको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाइनेछ ।

– छिमेकी मित्रराष्ट्र भारत र चीनसँगको बहुआयामिक र बहुपक्षीय सम्बन्धलाई उच्च प्राथमिकता दिँदै समानता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको पूर्ण पालना हुने गरी पारस्परिक हित र अन्तर्राष्ट्रिय सम्बन्धका मूल्य र मान्यताअनुरूप व्यावहारिक र वस्तुनिष्ठ आधारमा अरू सुदृढ र सुमधुर बनाइनेछ । दुवै छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिबाट लाभ लिने गरी साझेदारीको नीतिलाई प्राथमिकता दिइनेछ ।

– छिमेकी मित्रराष्ट्रहरूको सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राख्दै नेपालको भूमि कुनै पनि राष्ट्रको हितविपरीत प्रयोग गर्न नदिने नीति नेपाली कांग्रेसले अवलम्बन गर्नेछ । साथै, नेपाली कांग्रेसले नेपालको शान्ति सुरक्षा, सम्मान र राष्ट्रिय हितविपरीत विदेशी भूमिबाट समेत कुनै पनि हिंसात्मक गतिविधि हुन नदिने नीति सुनिश्चित गर्नेछ ।

– सबै मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय संघ–समुदायसँग पारस्परिक सम्मान, समझदारी, सद्भाव र समानताका आधारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं अन्य क्षेत्रहरूमा सहयोगात्मक सम्बन्ध कायम राखिनेछ ।

-संयुक्त राष्ट्रसंघको माध्यमबाट शान्तिप्रेमी, लोकतान्त्रिक र स्वाधीन राष्ट्रका रूपमा नेपालले दिँदै आएको योगदान र अन्तर्राष्ट्रिय छविलाई निरन्तरता दिइनेछ ।

-क्षेत्रीय सहयोग, समझदारी र विकासका लागि सार्क तथा विमिस्टेकलगायतका क्षेत्रीय संगठनहरूबाट सदस्य राष्ट्रहरूबीच समतामूलक लाभ प्राप्त हुने गरी नेपालको भूमिकालाई प्रभावकारी बनाउने नेपाली कांग्रेसको नीति रहनेछ ।

– अल्प विकसित एवं भूपरिवेष्टित मुलुकहरूको हितअनुरूप द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा सक्रिय र गतिशील भूमिका निर्वाह गरिनेछ । दक्षिण–दक्षिण सहयोगको परिचालनबाट लाभ लिन, आन्तरिक तैयारीलाई तीव्र बनाइनेछ । भूपरिवेष्टित मुलुकले पाउने निर्बाध पारवहन सुविधाको सम्मान र प्रत्याभूति गर्ने नीति नेपाली कांग्रेसको रहनेछ । – नयाँ पत्रिकाबाट

यस्ता छन् कांग्रेसका मुख्य प्रतिबद्धता

-अर्थतन्त्र सय खर्ब हाराहारीमा पुर्‍याएर लाखौँ नयाँ रोजगारी सिर्जना गर्ने

-कुल गार्हस्थ उत्पादनको अनुपात औसत ५% पुर्‍याउने

-वार्षिक एक खर्बदेखि पाँच खर्बबराबरको विदेशी प्रत्यक्ष लगानी भित्रायाउने

-अर्थतन्त्रमा नेपाली उत्पादनमूलक उद्योगको अंश ५ बाट १५% पुर्‍याएर अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा गाँस्ने

-१५ हजार मेगावाटभन्दा बढी ऊर्जाको उत्पादन गरी आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात गर्ने

-गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३% भन्दा कममा झार्ने

-न्यूनतम रोजगारी ग्यारेन्टी र आधारभूत आय निश्चित गरिएको बृहत् सुरक्षा प्याकेजको कार्यान्वयन गर्ने

-प्रत्येक नेपालीको स्वास्थ्य बिमा गर्ने

-मोबाइल र इन्टरनेटको पहुँच सबै नेपालीमा पुर्‍याउने

-पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने

-तराई–मधेस र पहाडका १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा बाह्रै महिना सिञ्चित गर्ने व्यवस्था गर्ने

-औसत नेपालीको आयु ७७ वर्ष नाघ्ने, शिशु मृत्युदर ३३ (प्रति १००० जीवित जन्म) बाट घटाएर एक अंकमा सीमित गर्ने, मातृ मुत्युदर २५८ (प्रतिएक लाख जीवित जन्म) बाट घटाएर ५० मा झार्ने

-नेपालको अन्तर्राष्ट्रिय छवि शतप्रतिशत स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्रको बनाउने

-प्रमुख पर्यटकीय नगरहरूमा शतप्रतिशत र अन्य सहरहरूमा बहुसंख्यक सवारीसाधन विद्युतीय बनाउने

-कुपोषण र भोकमरी निर्मूल पार्ने, सबै युवालाई साक्षर बनाउने र सीप र दक्षता हासिल गराउने

-सोह्र वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता अनिवार्य बनाउने

-नेपालको ७५% भन्दा बढी जनसंख्या व्यवस्थित, सुविधासम्पन्न, आधुनिक सहरहरूमा बसोवास गर्ने व्यवस्था गर्ने

-सुरक्षित आवासमा बस्ने नेपाली घरपरिवारको हिस्सा तीन गुणाले वृद्धि गर्ने

-नयाँ भवनहरू अनिवार्य रूपले भूकम्प–प्रतिरोधी बनाउने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए