१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव नजिकिँदा पनि सुनसान थवाङ, खारेजीको नारा भने शुरु

१४ कार्तिक २०७४, मंगलवार ०२:५२

कात्तिक १४, रोल्पा । पटक पटकका चुनाबमा अनौठा निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । 

निर्बाचनको मिति नजिकिदै गर्दा पनि यहाँ चुनाबि माहोलले छोएको छैन । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको थवाङमा चुनाब खारेजीको नारा भने सुनिन थालेको छ । 

२०६४ मा ३ मत वाहेक सवै पुष्पकमल दाहाललाई दिएको यहाँ २०७० सालको संविधान सभामा एकमत पनि खसेन । २०३६ सालमा सतप्रतिशत मत वहुदललाई खसालेका थवाङीहरुले २०१५ सालको निर्वाचनमा सवै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका  थिए ।

२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए । २०५४ मा चुनावै भएन । अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो । 

२०३९ सालको स्थानीय चुनावमा बिरोधमा कोहि उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्पर्धामा आएका थिए । २०७४ सालको स्थानीय तहमा पूर्ण रुपमा बिभाजित थवाङमा यसपाला फेरी सुनसान छ।

‘सुनसान छ । कोहि आएका पनि छैनन् । हुन त होला तर यसपालि फेरी रौनकको चुनाब हुने छाट छैन् ।’ थवाङका अजय घर्ती मगरले बताए। ‘चहल पहल सुन्य छ । 

माओवादी केन्द्रको गाउँपालिका स्तरिय बैठक भने आज र भोलि बस्ने भन्ने सुनेको हो । अरु त सुनसान छ । उम्मेदवार, नेता, कार्यकर्ता आउने जाने केहि छैन । खै बिस्तारै लाग्छ कि चुनाब ।’ थवाङका दिनेश रोका मगरले बताए।

स्वतन्त्र भन्दै स्थानीय निर्बाचनमा भाग लिएको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सशक्त निर्बाचन खारेजिको नारा ल्याए पछि थवाङको चुनाब महत्वका साथ हेरिन थालिएको छ । ‘हामी अहिले काठमाडौंमा छौ । 

रोल्पा आएर कार्यक्रम तयार हुन्छ । थवाङ पुगेर ब्यापक प्रचार प्रसार गर्ने योजना छ । भ्याए सम्म घर घरै पुगेरै भोट माग्छौ ।’ प्रदेश न. ख बाट चुनाब लडेका नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र हमालले बताए । त्यसो त माओवादी केन्द्रले पनि थवाङमा बृहत चुनाबी कार्यक्रम गर्ने बताएको छ । -नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए