२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव नजिकिँदा पनि सुनसान थवाङ, खारेजीको नारा भने शुरु

२०७४, १४ कार्तिक मंगलवार ०२:५२

कात्तिक १४, रोल्पा । पटक पटकका चुनाबमा अनौठा निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । 

निर्बाचनको मिति नजिकिदै गर्दा पनि यहाँ चुनाबि माहोलले छोएको छैन । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको थवाङमा चुनाब खारेजीको नारा भने सुनिन थालेको छ । 

२०६४ मा ३ मत वाहेक सवै पुष्पकमल दाहाललाई दिएको यहाँ २०७० सालको संविधान सभामा एकमत पनि खसेन । २०३६ सालमा सतप्रतिशत मत वहुदललाई खसालेका थवाङीहरुले २०१५ सालको निर्वाचनमा सवै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका  थिए ।

२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए । २०५४ मा चुनावै भएन । अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो । 

२०३९ सालको स्थानीय चुनावमा बिरोधमा कोहि उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्पर्धामा आएका थिए । २०७४ सालको स्थानीय तहमा पूर्ण रुपमा बिभाजित थवाङमा यसपाला फेरी सुनसान छ।

‘सुनसान छ । कोहि आएका पनि छैनन् । हुन त होला तर यसपालि फेरी रौनकको चुनाब हुने छाट छैन् ।’ थवाङका अजय घर्ती मगरले बताए। ‘चहल पहल सुन्य छ । 

माओवादी केन्द्रको गाउँपालिका स्तरिय बैठक भने आज र भोलि बस्ने भन्ने सुनेको हो । अरु त सुनसान छ । उम्मेदवार, नेता, कार्यकर्ता आउने जाने केहि छैन । खै बिस्तारै लाग्छ कि चुनाब ।’ थवाङका दिनेश रोका मगरले बताए।

स्वतन्त्र भन्दै स्थानीय निर्बाचनमा भाग लिएको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सशक्त निर्बाचन खारेजिको नारा ल्याए पछि थवाङको चुनाब महत्वका साथ हेरिन थालिएको छ । ‘हामी अहिले काठमाडौंमा छौ । 

रोल्पा आएर कार्यक्रम तयार हुन्छ । थवाङ पुगेर ब्यापक प्रचार प्रसार गर्ने योजना छ । भ्याए सम्म घर घरै पुगेरै भोट माग्छौ ।’ प्रदेश न. ख बाट चुनाब लडेका नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र हमालले बताए । त्यसो त माओवादी केन्द्रले पनि थवाङमा बृहत चुनाबी कार्यक्रम गर्ने बताएको छ । -नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ