२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तत: बाम गठबन्धनको हिसाब मिल्यो, एमालेलाई ६१, माओवादी ३९ प्रतिशत

२०७४, १५ कार्तिक बुधबार ०४:४४

कात्तिक १५, काठमाडौं | एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको नेताहरूले बताएका छन् ।

नेताहरूका अनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादीले ६१ स्थानमा उम्मेदवार उठाउने सहमति भएको छ । यस्तै प्रदेशसभामा एमालेको भागमा १९६ र माओवादीको भागमा १३० सिट परेको छ । गठबन्धनमा आएका केही दललाई दिने स्थानको टुंगो लाग्न बाँकी रहेकाले दुई दलको भागमा परेका केही क्षेत्रमा तलमाथि हुनसक्ने नेताहरूले बताएका छन् । ‘एमालेको भागमा मोटामोटी ६१ प्रतिशत र माओवादीको भागमा ३९ प्रतिशत जति परेको छ,’ एमाले स्थायी समिति सदस्य केशव बडालले अन्नपूर्णसँग भने, ‘संख्यामा थोरै तलमाथि हुन पनि सक्छ ।’

एमाले र माओवादी केन्द्रबीच गठबन्धनमा आउने अन्य दललाई दिएर बाँकी स्थानमा ६० र ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको थियो । मधेसकेन्द्रित दलका हृदयेश त्रिपाठी, वृजेश गुप्तालगायत नेता, भक्तपुर १ मा नेमकिपा, प्युठानमा जनमोर्चा र अन्य केही क्षेत्रमा स्वतन्त्रलाई पनि छोड्नुपर्ने भएकाले एमाले र माओवादी केन्द्रले पाएको भागबण्डामा थोरै तलमाथि हुने अनुमान गरिएको छ ।
माओवादीसँग भागबण्डा टुंगो लागेपछि एमाले स्थायी समितिको मंगलबार बसेको बैठकले १ नम्बर र ६ नम्बर प्रदेशका केही जिल्लाका उम्मेदवार तय गरेको छ । १ नम्बर प्रदेशका इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम र ६ नम्बर प्रदेशका सुर्खेत र दैलेखमा उम्मेदवार पनि टुंगो लागेको छ ।

झापा ३ मा एमालेले राप्रपाका राजेन्द्र लिङदेनलाई सघाउने भएको छ । कांग्रेस र राप्रपाबीच लिङदेनलाई झापा ३ मा उठाउने सहमति भए पनि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उक्त क्षेत्रमा दाबी नछोडेपछि लिङदेनले राप्रपाबाट चुनाव लड्ने घोषणा गरेका थिए । एमालेले लिङदेनलाई नै समर्थन जनाउने निर्णय गरेपछि उनी वामगठबन्धनसमेतको उम्मेदवार बन्ने भएका छन् । झापा ३ मा लिङदेनलाई सघाउने र झापाका अन्य क्षेत्रमा राप्रपाले वामगठबन्धनलाई सघाउने भित्री सहमति भएको एमाले स्रोतले बताएको छ । एमालेले इलामको १ नम्बरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र २ नम्बरमा पूर्वसभामुख सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै मोरङ १ मा घनश्याम खतिवडा र उक्त क्षेत्रको प्रदेश (ख) मा उपेन्द्र घिमिरेलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । झापा ५ बाट प्रनिनिधिसभामा पार्टी अध्यक्ष केपी ओली उम्मेदवार बन्ने भएका छन् । ओलीको क्षेत्रको प्रदेश (क) मा हिक्मत कार्की र प्रदेश (ख) बाट अर्जुन राईलाई उम्मेदवार बनाउने स्थायी समितिले निर्णय गरेको छ । झापा १ माओवादीलाई छोड्ने भएपछि उक्त क्षेत्रका दुईवटै प्रदेशमा क्रमशः श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीलाई उम्मेदवार बनाइने भएको छ । झापा ४ मा एलपी साँवा तथा प्रदेश (ख) मा हीरा थापालाई उम्मेदवार तोकिएको छ ।

मोरङ २ को प्रतिनिधिसभामा ऋषिकेश पोखरेल, प्रदेश (ख) मा लीलाबल्लभ अधिकारी, मोरङ ३ मा भानुभक्त ढकाल तथा प्रदेश (ख) मा दानकुमार ओझालाई उम्मेदवार बनाउने निर्णय भएको छ । ढकाल एमालेका निवर्तमान प्रमुख सचेतक हुन् । यस्तै मोरङ ४ को (ख) प्रदेशमा जीवन घिमिरे तथा ५ को (ख) मा धर्मानन्द सञ्जेललाई उम्मेदवार बनाइएको छ । मोरङ ७ मा लालबाबु पण्डित तथा प्रदेश (ख) मा रमेश पोखरेललाई उम्मेदवार बनाइएको छ।
धनकुटाको प्रतिनिधिसभातर्फ राजेन्द्र राई तथा प्रदेशमा टिका चेम्जोङ र ईन्द्रमणि पराजुलीलाई उम्मेदवार तोकिएको छ । एमालेले तेह्रथुममा निवर्तमान सांसद भवानी खापुङलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । तेह्रथुमको प्रदेश (क) मा लक्ष्मण तिवारी र प्रदेश (ख) मा तेजमान कङदङवालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।

त्यसैगरी ६ नम्बर प्रदेशका दैलेख र सुर्खेतका उम्मेदवार पनि एमालेले टुंग्याएको छ । दैलेख १ मा रविन्द्र शर्मा तथा प्रदेश (ख) मा अम्मर थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ । यस्तै दैलेख २ मा प्रतिनिधिसभातर्फ राजबहादुर बुढातथा प्रदेश (क) मा सुशील थापा र (ख) मा राजबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । सुर्खेत १ बाट ध्रुवकुमार शाही तथा प्रदेश (ख) मा खड्गबहादुर खत्री तथा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नवराज रावत तथा प्रदेश (क) मा यामलाल कँडेललाई उठाउने भएको छ । एमालेको बुधबार बस्ने बैठकले बाँकी प्रदेशका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । – अन्नपूर्णपोष्ट बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने