६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तत: बाम गठबन्धनको हिसाब मिल्यो, एमालेलाई ६१, माओवादी ३९ प्रतिशत

१५ कार्तिक २०७४, बुधबार ०४:४४

कात्तिक १५, काठमाडौं | एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको नेताहरूले बताएका छन् ।

नेताहरूका अनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादीले ६१ स्थानमा उम्मेदवार उठाउने सहमति भएको छ । यस्तै प्रदेशसभामा एमालेको भागमा १९६ र माओवादीको भागमा १३० सिट परेको छ । गठबन्धनमा आएका केही दललाई दिने स्थानको टुंगो लाग्न बाँकी रहेकाले दुई दलको भागमा परेका केही क्षेत्रमा तलमाथि हुनसक्ने नेताहरूले बताएका छन् । ‘एमालेको भागमा मोटामोटी ६१ प्रतिशत र माओवादीको भागमा ३९ प्रतिशत जति परेको छ,’ एमाले स्थायी समिति सदस्य केशव बडालले अन्नपूर्णसँग भने, ‘संख्यामा थोरै तलमाथि हुन पनि सक्छ ।’

एमाले र माओवादी केन्द्रबीच गठबन्धनमा आउने अन्य दललाई दिएर बाँकी स्थानमा ६० र ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको थियो । मधेसकेन्द्रित दलका हृदयेश त्रिपाठी, वृजेश गुप्तालगायत नेता, भक्तपुर १ मा नेमकिपा, प्युठानमा जनमोर्चा र अन्य केही क्षेत्रमा स्वतन्त्रलाई पनि छोड्नुपर्ने भएकाले एमाले र माओवादी केन्द्रले पाएको भागबण्डामा थोरै तलमाथि हुने अनुमान गरिएको छ ।
माओवादीसँग भागबण्डा टुंगो लागेपछि एमाले स्थायी समितिको मंगलबार बसेको बैठकले १ नम्बर र ६ नम्बर प्रदेशका केही जिल्लाका उम्मेदवार तय गरेको छ । १ नम्बर प्रदेशका इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम र ६ नम्बर प्रदेशका सुर्खेत र दैलेखमा उम्मेदवार पनि टुंगो लागेको छ ।

झापा ३ मा एमालेले राप्रपाका राजेन्द्र लिङदेनलाई सघाउने भएको छ । कांग्रेस र राप्रपाबीच लिङदेनलाई झापा ३ मा उठाउने सहमति भए पनि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उक्त क्षेत्रमा दाबी नछोडेपछि लिङदेनले राप्रपाबाट चुनाव लड्ने घोषणा गरेका थिए । एमालेले लिङदेनलाई नै समर्थन जनाउने निर्णय गरेपछि उनी वामगठबन्धनसमेतको उम्मेदवार बन्ने भएका छन् । झापा ३ मा लिङदेनलाई सघाउने र झापाका अन्य क्षेत्रमा राप्रपाले वामगठबन्धनलाई सघाउने भित्री सहमति भएको एमाले स्रोतले बताएको छ । एमालेले इलामको १ नम्बरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र २ नम्बरमा पूर्वसभामुख सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै मोरङ १ मा घनश्याम खतिवडा र उक्त क्षेत्रको प्रदेश (ख) मा उपेन्द्र घिमिरेलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । झापा ५ बाट प्रनिनिधिसभामा पार्टी अध्यक्ष केपी ओली उम्मेदवार बन्ने भएका छन् । ओलीको क्षेत्रको प्रदेश (क) मा हिक्मत कार्की र प्रदेश (ख) बाट अर्जुन राईलाई उम्मेदवार बनाउने स्थायी समितिले निर्णय गरेको छ । झापा १ माओवादीलाई छोड्ने भएपछि उक्त क्षेत्रका दुईवटै प्रदेशमा क्रमशः श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीलाई उम्मेदवार बनाइने भएको छ । झापा ४ मा एलपी साँवा तथा प्रदेश (ख) मा हीरा थापालाई उम्मेदवार तोकिएको छ ।

मोरङ २ को प्रतिनिधिसभामा ऋषिकेश पोखरेल, प्रदेश (ख) मा लीलाबल्लभ अधिकारी, मोरङ ३ मा भानुभक्त ढकाल तथा प्रदेश (ख) मा दानकुमार ओझालाई उम्मेदवार बनाउने निर्णय भएको छ । ढकाल एमालेका निवर्तमान प्रमुख सचेतक हुन् । यस्तै मोरङ ४ को (ख) प्रदेशमा जीवन घिमिरे तथा ५ को (ख) मा धर्मानन्द सञ्जेललाई उम्मेदवार बनाइएको छ । मोरङ ७ मा लालबाबु पण्डित तथा प्रदेश (ख) मा रमेश पोखरेललाई उम्मेदवार बनाइएको छ।
धनकुटाको प्रतिनिधिसभातर्फ राजेन्द्र राई तथा प्रदेशमा टिका चेम्जोङ र ईन्द्रमणि पराजुलीलाई उम्मेदवार तोकिएको छ । एमालेले तेह्रथुममा निवर्तमान सांसद भवानी खापुङलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । तेह्रथुमको प्रदेश (क) मा लक्ष्मण तिवारी र प्रदेश (ख) मा तेजमान कङदङवालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।

त्यसैगरी ६ नम्बर प्रदेशका दैलेख र सुर्खेतका उम्मेदवार पनि एमालेले टुंग्याएको छ । दैलेख १ मा रविन्द्र शर्मा तथा प्रदेश (ख) मा अम्मर थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ । यस्तै दैलेख २ मा प्रतिनिधिसभातर्फ राजबहादुर बुढातथा प्रदेश (क) मा सुशील थापा र (ख) मा राजबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । सुर्खेत १ बाट ध्रुवकुमार शाही तथा प्रदेश (ख) मा खड्गबहादुर खत्री तथा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नवराज रावत तथा प्रदेश (क) मा यामलाल कँडेललाई उठाउने भएको छ । एमालेको बुधबार बस्ने बैठकले बाँकी प्रदेशका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । – अन्नपूर्णपोष्ट बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति